उपत्यकाव्यापी सोलो गायनमा युगल प्रथम

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७१, बुधबार

काठमाडौं, २५ भाद्र । राजधानीमा रहेको बसुन्धरा नेशनल एकेडेमीले हालै आयोजना गरेको ‘बीएनए उपत्यकाव्यापी विद्यालयस्तरीय सोलो गायन प्रतियोगिता २०७१’मा बालुवाटारको सिरडी साइ एकेडेमीका युगल समाल प्रथम भएका छन् । प्रतियोगितामा बालुवाटारकै न्यूटन स्कुलका अभिनव प्रसाई दोस्रो र रातोपुलको हेम्स स्कुलकी अवान्तिका बोगटी तेस्रो बने ।
कार्यक्रममा नक्सलको मल्पीसिटी स्कुलकी छात्रा दिया देवान र अनामनगरको अक्सिडेण्टल पब्लिक स्कुलका छात्र आदित्यकुमार झाले सान्तवना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा होली गार्डेन स्कुल बालाजुका संगीत शिक्षक तिलक बस्नेत र ब्राइट फ्युचर सेकेण्डरी स्कुल नैकापका पेट्रिक सिटलिङ बेष्ट म्युजिक कम्पोजर घोषित भए भने देव पुनको गीति शब्द उत्कृष्ठ ठहरियो ।
विजेताहरुलाई वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले विजेतालाई ट्रफी, मेडल, सर्टिफिकेट र नगद पुरस्कार दिए । प्रतियोगिताको निर्णयकमा वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, वरिष्ठ संगीतकार विजयसिंह मुनाल र वरिष्ठ गायक तथा संगीतकार कोमल निरौला रहेका थिए । प्रतियोगितामा उपत्यकाका ३६ वटा विद्यालयले सहभागिता जनाएको कार्यक्रम संयोजक विद्यालयका संगीत शिक्षक डेनी निरौलाले बताए ।
सभासद गगन थापाले उद्घाटन गरेको कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, विद्यालयका अध्यक्ष उत्तमराज थापा, प्रधानाध्यापक टंकुमार चापागाईलगायतको उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु