उमर खानको दशैँ तिहारको कोशेली ‘ गामवेशी ’भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७५, आईतवार

रोशन पोखरेल , काठमाडौँ , असोज ८
विरानो परदेशमा आफना आफन्त र साथीहरुलाई छोडेर जादाँको अवस्थालाई नरमाइलो लाग्नु स्वाभाविक हो । आफनी प्राण प्यारी श्रीमति र घर परिवारका सदस्यलाई छोडेर जिवनमा खुशी हुने आकाक्षा बोकेर खाडी मुलुकमा पसिना बगाउन विवस नेपाली युवाको विषयवस्तुलाई समेटेर देवी म्युजिक सोलुसनको प्रस्तुतीमा सविता परियार र उमर खानको दशैँ तिहारको कोशेली ‘ गामवेशी ’को भिडियो सार्वजनिक भएको छ ।

गायक सुरज लामिछाने र गायिका सविता परियारको गीतमा आवाज रहेको छ । महान पर्वमा आफु आउन नपाउने कुरा गीतमा ब्यक्त गरिएको छ । आफनो बालापन विताएको स्थानबाट टाडा भएर परिवारको अभावमा चाड मनाउनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । उमर खानको शब्द तथा सुरज लामिछानेको गीतमा मौलिक लय सिर्जना रहेको छ ।
। सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मार्मिक गीत भएकाले सञ्चिता शाही र शहिद खानको मनै छुने अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु