उर्गेनले ल्याए यार्सागुम्बा

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७०, मंगलवार

काठमाडौं । गायक उर्गेन लामाले आफ्नो पहिलो एल्बमका रुपमा ‘यार्सागुम्बा’ बजारमा ल्याएका छन् । लामो समयसम्म संगीतमा निरन्तर लागिरहेका उर्गेन आफ्नो पहिलो एल्बम यार्सागुम्बाबाट निकै आशावादी रहेको बताएका छन् । केही समय ब्यान्डसँग आबद्ध भएर काम गरेका उर्गेन थान्काको राम्रो आर्टिष्टसमेत रहेका उर्गेनको संगीतप्रतिको झुकावले नै यार्सागुम्बा नामक एल्बम बजारमा आउन सफल भएको हो ।
एसियन म्यूजिकले बजारमा ल्याएको यस एल्बममा यार्सागुम्बा, फनफनी, जति ताने नी, तिम्रो त्यो, मुसुमुसुलगायत ७ वटा गीतहरु समेटिएका छन् । यार्सागुम्बामा सुनिल बर्देवा, सञ्जीव सिंह र गायक स्वयम्को गीत तथा संगीत रहेको छ । यार्सागुम्बा बोलको गीतलाई दर्शकले धेरै मन पराएको कुरा यसको भिडियोले समेत प्रष्ट पारिसकेको उत्पादक कम्पनीले बताएको छ । लामो समयदेखि संगीतमै भएपनि केही समय विविध कारणले संगीतबाट टाढा भए पनि अब निरन्तर यसै क्षेत्रमा निरन्तरता दिने उर्गेनले बताए ।

yarsagumba

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु