ऋचाले जन्माइन् दोस्रो सन्तान

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७१, बिहीबार

काठमाडौं, १५ जेठ । अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरे दोस्रो सन्तानकी आमा बनेकी छन् । चार वर्षअघि निर्देशक शंकर घिमिरेसँग बैवाहिक जीवनमा बाँधिएकी ऋचाको यसअघि २ वर्षीया छोरी छन् । छोरी जम्माएपछि फिल्म क्षेत्रबाट ओझेल परेकी ऋचाले बुधबार अर्को सन्तानको जन्म दिएकी हुन् । दोस्रो सन्तान पाएको कुरा ऋचाका पति शंकरले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । शंकरले आफ्नो फेसबुक वालमा दुई वर्षीया छोरी, ऋचा र नावालक सन्तानको मोबाइलबाट फोटो खिचेर अपलोड गरेका छन् । ऋचाले दास्रो सन्तान पाएपछि उनलाई विभिन्न चलचित्रकर्मीले बधाई दिएका छन् ।
पछिल्लो समय आफ्नो फिल्मी अभिनय पातलिँदै गएपछि निर्मात्री बनेकी ऋचाले निर्माणलाई समेत निरन्तरता दिन सकेकी छैनन् । उनले पहिलोपटक निर्माण गरेको फिल्म ‘ब्रेक फेल’ व्यवसाय रुपमै ब्रेक फेल भएपछि उनी हच्कीएकी हुन् । त्यसपछि ऋचाले ‘तुल्सी’ निर्माण गरेकी छन् । तर सो चलचित्र अहिलेसम्म रिलिज गरिएको छैन । नेपाली फिल्मको व्यवसाय डामाडोल भएकाले पनि रिलिज नगरिएको बताइन्छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु