एउटा त्यस्तो भीड छ… भिडियोसहित

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०७२, शनिबार

काठमाडौं । एउटा त्यस्तो भीड छ जसको पछि तिमी लागिपरेका छौं… गायिका निखिता थापाको स्वरमा रहेको गीत यतिबेला चर्चाको शिखरमा छ । योगेन्द्रमणी दाहालको शब्दमा हरि लम्सालको संगीत रहेको यो गीतलाई दाहालको शब्दमणी एल्बममा समावेश गरिएको छ । लामो समयदेखि गीत लेखनमा निरन्तर लागिपरेका गीतकार योगेन्द्रमणी दाहाल पछिल्लो समय चर्चाको शिखरमा छन् । वर्तमान समयलाई आत्मसात गर्दै शब्दमणी एल्बममा राखिएको यो गीत एउटा त्यस्तो भीड छ… को म्यूजिक भिडियोलाई सहेन्द्र श्रेष्ठले निर्देशन गरेका छन् । यस भिडियोमा दिपेन्द्रराज डंगोल र निमेश राजबहाकको सहनिर्देशन रहेको छ । हरि हुमागाईंको छायाँकन रहेको यस म्यूजिक भिडियोमा दिवस उप्रेती र सुरक्षा पन्तको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु