एउटा सन्तान जन्माइदेऊ आमा – भिडियोसहित

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७२, शुक्रबार

हाम्रो मुलुकको स्थिति हे¥यो भने सधैं संक्रमणकालभन्दा माथि उठ्न सकेको छैन । विकासको नाममा विनाशतिर लम्किरहेको छ । विश्वमा विकसित देशहरुले आफ्नो देशको रक्षार्थ धेरै काम गरिसकेका छन्, सरकारले विश्वमा आफ्नो विकासका लागि दिनरात नभनी लागिरहेका छन् । तर हाम्रो मुलुकको कुरामा नागरिकता दिँदा जनता हुन्छ र जनतालाई चुनावमा भोट हाल्ने साधनका रुपमा मात्र लिँदा पुग्छ भन्ने नीतिले जरो गाडेको छ । राष्ट्रियताको अर्थमा झन् झन् ओरालो लाग्दैछ । हिजोको विशाल नेपाल अहिले आएर खुम्चिँदै आफ्नो स्वाधीनता गुमाइरहेको छ । कतिखेर कहाँ मातृभूमिको अस्मिता लुटिन्छ भन्ने कुरा सोच्न नसक्ने अवस्था आइपरेको छ । यस्तै विषयवस्तुभित्र गीतकार शिव सुवेदीले आफ्नो कलम चलाएका छन् । मन र मस्तिष्कबाटै मातृभूमिका लागि लड्ने एक सन्तानको खाँचो भएको उनले मुल्यांकन गरेका छन् । ‘एउटा सन्तान जन्माइदेउ आमा’ जसले मुलुकको लागि केही गरोस् भन्ने उनको उद्देश्य रहेको छ । यसको अर्थमा अहिलेका भ्रष्टाचारी, घुसखोरी र सत्तालिप्सामा बस्नेहरुले मुलुकलाई दिएको पीडामा उनी पनि पीडित छन् र आफ्ना अनुभव गीतमार्फत् प्रस्तुत गरेका हुन् ।


अर्जुन पोखरेलको संगीत, फणिन्द्र राईको संगीत संयोजनमा रहेको एउटा सन्तान जन्माइदेउ आमा बोलको गीतको म्यूजिक भिडियोमा गीतकार सुवेदीले बालकलाकार अनुभव रेग्मी, मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने, नेपाली वैज्ञानिक गुरु डा.नारायण अधिकारीलाई प्रस्तुत गरेका छन् । पुष्पाञ्जली म्यूजिकले बजार प्रबद्र्धन गरेको यस गीतले पक्कै पनि मुलुकको वर्तमान अवस्थामा असल सन्तानको खाँचो भएको महसुस गराएको छ । जुन सन्तानले जननीको अस्मिता जोगाउन सक्छ । करण चैंसिरको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई विष्णु शर्माले निर्देशन एवं सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु