‘एउटा साथी’को अडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७१, बिहीबार

काठमाडौं । पत्रकारबाट निर्देशक बनेका लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘एउटा साथी’को प्रदर्शन मितिसँगै दुइटा गीत पनि सार्वजनिक गरिएको छ ।
‘एउटा साथी मसला फिल्म हो । फिल्ममा तपाईंले मनोरञ्जनका सबै गतिला खुराक पाउनुहुनेछ,’ सुवेदीले उक्त कार्यक्रममा भने । यसअघि असोज १५ मा प्रदर्शनमा आउने भनेको फिल्म एक महिना सरेर कात्तिक १४ मा आउन लागेको हो ।  निर्देशकका रूपमा सुवेदीको यो पहिलो फिल्म हो ।

फिल्ममा अनु शाह, सलोन बस्नेत, जोन तामाङ, रिस्ता बस्नेत, करिश्मा श्रेष्ठ, शोभित बस्नेत आदिको अभिनय रहेको छ । कार्यक्रममा उपस्थित सलोन, जोन र रिस्ताले सुटिङ अनुभव सुनाउँदै फिल्म राम्रो बनेको बताए । टंक बुढाथोकीको संगीतमा तयार भएको फिल्मलाई आरएस मैनालीले निर्माण गरेका हुन् । फिल्ममा सुशील पंगेनीको पटकथा रहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु