एउटैलाई पिजी

म्यूजिक खबर
प्रकाशित: १८ फाल्गुन २०७०, आईतवार

काठमाडौं । हिमाल, पहाड र तराईमा कुनै पनि भेदभाव छैन सबै एउटै हो भन्ने मूल कथा बोकेको चलचित्र ‘एउटै’ले पिजी सर्टिफिकेट पाएको छ । विशेषगरी कमलरीको कथालाई उजागर गर्दै नेपालका सबै जनता समान हुन्, एउटै हुन् भन्ने कथावस्तुमा निर्माण गरिएको चलचित्र एउटैले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट लिएर अब रिलिजको डेट तय गर्ने कार्यमा जुटेको छ ।
यसअघि मेरो कथा, नमस्ते डोल्पा जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक देव नेपालद्वारा निर्देशित चलचित्र ‘एउटै’का निर्माता भने रामकुमार अधिकारी हुन् । म्यारोन मुभी एण्ड इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र एउटैमा सपना केसी, देव नेपाल, रामकुमार अधिकारी, दिपसागर, राम बुढाथोकी, डम्बर उपाध्याय, विजय चौधरी लगायतको अभिनय रहेको छ । नवराज सुवेदीको छायाँकन, रामजी नेपालीको संगीत, सुमन बैरागी र युवराज बास्तोलाको गीत रहेको यस चलचित्रको सम्पादन भने अर्जुन पोखरेलले गरेका हुन् ।

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

eutai_1

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु