एउटैले ग¥यो अनाथलाई अढाई लाख सहयोग

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७१, बिहीबार

काठमाडौं, २६ भाद्र । देव नेपालद्वारा निर्देशित चलचित्र ‘एउटै’ ले आफ्नो विशेष प्रदर्शनीको आयोजना गर्दै च्यारिटीबाट उठेको दुई लाख ५० हजार रुपैयाँ जनजाति कल्याण आश्रम नेपाललाई सहयोग गरेको छ । विहीबार जय नेपाल हलमा च्यारिटी कार्यक्रमको आयोजना गरी चलचित्र एउटैका निर्माता रामकुमार अधिकारी र च्यारिटीका संयोजक जागेश्वर यादवले संयुक्त रुपमा आश्रमका संरक्षक अशोक वैद्यलाई चेक हस्तान्तरण गरेका हुन् । चलचित्रका बारेमा बोल्दै निर्देशक नेपालले नेपाली सामाजिक कथावस्तुले नै प्राथमिकता पाउनुपर्ने बताए । समाजमा हेपिएका र पीडित भएका कमलरीको कथामा चलचित्र निर्माण गर्दा समाज परिवर्तनमा ठूलो सहयोग पुग्ने बताउँदै नेपालले चलचित्रको च्यारिटीबाट अनाथहरुलाई सहयोग गर्न पाएको दर्शकहरु सबैलाई धन्यवाद दिएका थिए । चलचित्र हेरेपछि दर्शकहरुले चलचित्रले आफ्नो मन छोएको प्रतिक्रिया दिएका थिए ।
चलचित्रमा देव नेपालको लेखन र निर्देशन रहेको छ भने रामकुमार अधिकारी निर्माताका रुपमा रहेका छन् । म्यारोन मुभी एण्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा देव नेपाल, रामकुमार अधिकारी, सपना केसी, सन्ध्या पौडेल, कमल ज्ञवाली, दिपसागर, राम बुढाथोकी लगायतको अभिनय रहेको छ । चलचित्रमा नवराज सुवेदीको छायाँकन रहेको छ भने रामजी नेपालीको संगीत रहेको छ । अर्जुन पोखरेलको सम्पादनमा तयार भएको चलचित्र एउटैमा सुमन बैरागी, युवराज बास्कोटाको गीत रहेको छ ।
eutai movie_nepal (9) eutai movie_nepal (8) eutai movie_nepal (7) eutai movie_nepal (5) eutai movie_nepal (4) eutai movie_nepal (3) eutai movie_nepal (2) eutai movie_nepal (1)

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु