एक आपसमा मिलेर अघि बढ्नेछौंः अध्यक्ष थापा

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७३, आईतवार

फागुन ८, काठमाण्डौ । गोरखा सांस्कृतिक समाजका अध्यक्ष दीपसागर थापाले सम्पूर्ण गोर्खाली एक आपसमा मिलेर अघि बढ्ने बताएका छन् । गोरखा सांस्कृतिक समाजको प्रथम साधरणसभा एवं बृहत वनभोज कार्यक्रमको अवसरमा बोल्दै थापाले गीतसंगीतको क्षेत्र क्रियाशील सम्पूर्ण संघसंस्था एवं गोरखा जिल्लाको नामसँग जोडएिर खोलएका समाजहरुसँग समन्वय गर्दै सम्पूर्ण गोर्खाली एउटै नेपाली बनाउँदै हातेमालो गर्दै अघि बढ्ने बताएका हुन् । थापाले गोरखा सांस्कृतिक समाज सबैको साझा थलोका रुपमा नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रही अघि बढ्ने बताएका थिए ।

badri pokharel
कार्यक्रममा उपस्थिति अतिथिहरुलाई समाजका वरिष्ठ उपाध्यक्ष सुमन पण्डितले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए भने उपाध्यक्षद्वय गायिका मुना थापा र नायिका रञ्जिता गुरुङले खादा ओढाएर स्वागत गरेका थिए ।
कार्यक्रममा गीतकार संघ नेपालको नवनिर्वाचित कार्यसमितिले चुडामणि देवकोटा जस्तो गोर्खालीको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै समाजले संघका सम्पूर्ण कार्यसमितिलाई मायाको चिनोसहित बधाई एवं शुभकामना थियो । त्यसैगरी नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापालाई मायाको चिनोसहित गोरखा सांस्कृतिक समाजले सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो ।

tirtha thapa
कार्यक्रममा विशिष्ट अतिथिहरु गोरखा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङ, संस्थाका, मेगा टेलिभिजनका प्रमुख बद्री पोखरेल, पर्यटन व्यवसायी गोपाल श्रेष्ठ, निरमाया रोधीघर युकेका धन गुरुङ, गण्डकी दोहोरी साँझकी संचालिका सरिता कार्की, नयाँ शक्ति नेपाल सांस्कृतिक विभाग गोरखाका संयोजक प्रकाश भट्ट, पत्रकार भीम श्रेष्ठ, गोधुली दोहोरी साँझका संचालक प्रेम श्रेष्ठ, सल्लाहकारहरु गीतकार विश्व देवकोटा, गायक विरही कार्की, गायक दीपक अर्याल, गायिका हरिमाया गुरुङ, व्यवसायी हरि मरहठ्ठा, न्यूज २४ टीभीका सुशील अर्याल, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । गोरखा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो समाज र व्यक्तिगत तर्फबाट गोरखा सांस्कृतिक समाजसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अतिथिहरुले कार्यक्रममा गोरखा सांस्कृतिक समाजले थालेको अभियानमा आर्थिक, भौतिक र बौद्धिक रुपमा सहकार्य गर्ने बताएका थिए ।

chudamani devkota
कार्यक्रम गायिका मुना थापाको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष सुमन पण्डित, कोषाध्यक्ष वीरबल ढकाल, सदस्य सुमन परियार, सुनिला गुरुङ, रविन लामिछानेको कार्यक्रम आयोजक समितिले कार्यक्रमलाई सम्पन्न गरेको थियो भने समाजका महासचिव सुनिल लामिछाने र सदस्य दिनेश थापाले कार्यक्रमलाई संचालन गरेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै समाजको कार्यक्रम दिनभर संचालन भएको थियो । गायक प्रेम अर्याल, मौसम गुरुङ, सञ्जय गुरुङ, सुनिला गुरुङ, रविन लामिछाने, विन्दा परियार, रञ्जित परियार, गीता दाहाल, आशिष गुरुङ लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।

mahesh gurungbirbal muna

dipsagar thapa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु