एक जुनीका मधु र अरुण

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७१, सोमबार

काठमाडौं, १९ जेठ । गायक तथा संगीतकार मधु क्षेत्री र गीतकार अरुण तिवारीले एक जुनीमा सँगै भएका छन् । अरुण तिवारीका शब्दहरुमा मधु क्षेत्रीका संगीत र स्वर सजिएको एक जुनीलाई केही समय पहिला सार्वजनिक गरेका हुन् । एक जुनी, किन होला, हेर्दा हेर्दै, कति माया, मैले उनलाई नुहाएर भर्खर जस्ता शब्दहरु रहेको एक जुनीमा मधु क्षेत्रीको एकल संगीत र स्वर रहेको छ । शुभारम्भ रेकर्डिङ एण्ड म्यूजिक कम्पनीले बजारमा ल्याएको गीतिसंग्रह एक जुनीले अरुण र मधुको सांगीतिक यात्रालाई अझ फराकिलो बनाउँदै लैजाने विश्वास गरिएको छ ।

ek juni

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु