एक तितो अतितमा हर्शित र रचनाद्धारा आत्महत्या

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७२, शुक्रबार

मानिसले मायामा जब तड्पिन्छ उसले आत्महत्याको सहारा लिन पुग्दछ । माया कसरी हुन्छ र कसरी त्यो माया लुटिन्छ अनि अन्ततः कसरी मायामा तड्पी तड्पी आत्महत्या गर्दछ भन्ने भावको सेरोफेरोमा बनेको म्यूजिक भिडियो रिलिज भएको छ । एक तितो सत्य… बोलको उक्त गितमा कलाकारहरु हर्शित र रचना रायमाझीले आत्महत्याको विकल्प केहि नभेटि मृत्युलाई रोजेका छन् ।

rachana rayamajhi

 

शिव दर्शन डिजिटल को प्रस्तुतिमा बनेको उक्त गीतमा नित्याशिबाको आवाज रहेको छ भने नवीन पन्तको गित र केदार मल्लको संगीत रहेको छ । म्यूजिक भिडियोलाई रामशरण उप्रेती ले खिचेका हुन भने युबराज खत्री को सम्पादन र शंकर अधिकारी घायलको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु