एनी थापासँग वैवाहिक जीवनमा बाँधिए विनय श्रेष्ठ

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७३, सोमबार

अभिनेता विनय श्रेष्ठ ब्युटी थेरापिष्ट एनी थापासँग सोमबार अर्थात आज वैवाहिक जीवनमा बाँधिएका छन् । करिब ३ बर्षअघिदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको इन्गेजमेन्ट भने गत भदौमा भएको थियो । अभिनेता श्रेष्ठ र थापाले आज हिन्दु पराम्परा अनुसार बैबाहीक सम्बन्ध सम्पन्न गरेका छन् । काठमाण्डौको एक पार्टी प्यालेसमा चलिरहेको विवाह समारोहमा उनीहरुले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई आमन्त्रण गरेका छन् । विनय श्रेष्ठ यस अघि लामो समयसम्म नायिका ऋचा शर्मासँगको प्रेम सम्बन्धमा रहेका थिए ।
16071111bg

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु