‘एरिना म्युजिक भिडियो अवार्ड’ हुँदै

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७३, सोमबार

इटहरी, २० मङ्सिर। मोफसलबाट पहिलोपटक राष्ट्रिय स्तरको म्युजिक भिडियो अवार्ड आयोजना हुने भएको छ । इटहरीस्थित एरिना टेलिभिजनले रमपम एरिना म्युजिक भिडियो अवार्ड आयोजना गर्ने भएको हो । पूर्वमा लोकप्रिय एरिना टेलिभिजनले छैठौँ वार्षिकोत्सवको अवसरमा माघ ७ गतेबाट अवार्ड घोषणा गर्नेछ । १३ विधामा ३५ पुरस्कार समावेश हुने यस अवार्डमा सहभागी हुनेहरूलाई फर्मको व्यवस्था गरिएको छ । इटहरीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी अवार्डको घोषणा गरिएको हो । अहिलेसम्म २ सयले फर्म भरेको बताउँदै टेलिभिजनका प्रमुख समिर कार्कीले अवार्डमा ६ सय वटा म्युजिक भिडियोको प्रतिस्पर्धा हुने जानकारी दिए ।samir-karkiकुनै पनि म्युजिक भिडियोको कलाकार, संगीत, स्वर, शब्द , निर्देशन, क्यामेराम्यानलगायतको विधामा आधारित भएर भिडियोको प्रतिस्पर्धा हुने कार्कीले बताए । अवार्ड आयोजना गर्न २० लाखको खर्च लाग्ने बताउँदै प्रमुख कार्कीले यो नेपालभरीकै ठूलो राशिको अवार्ड भएको दाबी गरे । अवार्डलाई रमपम चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ । टेलिभिजनले मनोरञ्जन क्षेत्रमा एक कदम अगाडि बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली संगीतलाई प्रचारप्रसार गर्नुको साथै संगीतकर्मीहरूको पहिचान, सिर्जना र योगदानलाई कदर गर्न एरिना म्युजिक भिडियो अवार्ड आयोजना गरिएको टेलिभिजनका प्रमुख कार्कीले पत्रकार सम्मेलनमा बताए । टेलिभिजनले यसअघि पनि विभिन्न कार्यक्रमको आयोजना गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु