‘एलजी फिल्म अवार्ड’मा निःशुल्क चलचित्र दर्ता आह्वान,

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७४, बुधबार

काठमाण्डौ। ‘एलजी सिने सर्कल अवार्ड’ले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । दिनेश डिसी संयोजक रहेको सिनेमा सर्कल नेपालको आयोजनामा हुने अवार्डका लागि निस्शुल्क चलचित्रको नाम दर्ता गर्न आह्वान गरिएको छ । यो अवार्डको पहिलो अवार्ड गएको बर्ष बलीउड अभिनेता शत्रुघन सिन्हाको आतिथ्यतामा भएको थियो ।lg cine circle awardsआयोजक संस्था सिनेमा सर्कलले जारी गरेको विज्ञप्तीमा बैशाख १६ गतेभित्र २०७३ मा प्रदर्शनमा आएका चलचित्रहरुको नाम दर्ता गर्न उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा अवार्ड हुने मिति भने सार्वजनिक गरिएको छैन । २३ विधामा वितरण गरिँदै आएको ‘एलजी फिल्म अवार्ड’ मा पर्दा पछाडीका प्राविधिक, पोष्टर डिजाइनर, स्टन्ट म्यान, छायांकन स्थलमा खाना पकाउनेसम्मलाई सम्मान र अवार्ड प्रदान गरिँदै आएको छ ।

dinesh dc
आयोजक संस्था सिनेमा सर्कलले अनलाइनमार्फत निस्शुल्क चलचित्रको नाम दर्ता गर्ने व्यवस्था पनि मिलाएको छ । त्यसका लागि ‘एलजी सिनेमा सर्कल अवार्ड २०७४’ को अफिसियल बेवसाइट (https://goo.gl/forms/hpGYqd39l1J5Jz6S2) मा गएर निस्शुल्क फर्म भर्न सकिने अवार्ड संयोजक डिसीले जानकारी दिए ।

गएको बर्ष काठमाडौंको आर्मी अफिसर क्लबमा बलीउड अभिनेता शत्रुघन सिन्हा र उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा ‘एलजी फिल्म अवार्ड २०७३’ सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु