एल्बमको तयारीमा डिजे नवाङ

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७२, बिहीबार

सुर्य चन्द/काठमाडौं


युवा पुस्ताहरु तथा सबैका रोजाइमा पर्न सफल अहिलेका चर्चित तथा ब्यस्त डिजे नवाङले चाँडै नै दर्शक श्रोता माझ आफ्नो नयाँ एल्बम ‘डिजे नवाङ’ लिएर आउँदै छन् । काठमाडौँको बौद्धमा जन्मेका डिजे नवाङको पुख्र्याैली घर भने सोलुखुम्बु जिल्लाको छेस्काम गा.वि.स.मा रहेको छ । सानैदेखि हाइभोलुमका गीत संगीतमा रुचि राख्ने डिजे नवाङ फुर्सद हुने साथ म्युजिकल कन्सर्ट, डिस्को, पार्टी, क्लबमा गएर डिजेले बजाएको हेर्ने अनि सिक्ने गर्थे । आफ्नो इच्छा अनि रुचि पनि डिजेइङ भएको कारण उनले तिन वर्षसम्म डिजे कोर्स पनि गरे अनि २०११ को बार अफ डिजेमा टप फाइभ समेत पर्न सफद भए ।

DJ Nwang (1)
बिगत बाह्र बर्षदेखि यो डिजे क्षेत्रमा प्रवेश गरे पनि ब्यवसायिक रुपमा भने उनी आठ वर्षदेखि ब्यस्त छन् । करिब दुई सय वटा भन्दा बेशी इभेन्ट, पार्टी, फेस्टिभलहरुमा आफ्नो कला प्रदर्शन गरिसकेका डिजे नवाङ काठमाडौँमा मात्र सीमित नभएर सोलुखुम्बु, हेटौडा, बनेपा, सिन्धुपाल्चोक तथा अन्य स्थानहरुमा पनि दर्शक तथा पार्टीप्रेमीहरुलाइ नचाउन सफल भएका छन् । प्राय पार्टीको माहोल हेरेर गीत संगीतहरु छनौट गर्ने डिजे नवाङ कमर्सियल, रिमिक्स, हिपहप तथा उपस्थित भिडको माग र रोजाइका हाइ भोलमका गीतहरु बजाउन तथा माहोललाइ तताएर संगीतमय बनाउन र उपस्थित भिडलाइ नचाउन माहिर छन् ।
चाँडै नै बजारमा आफ्नो नया एल्बम ‘डिजे नवाङ’ लिएर आउन लागेको र यसको दुई वटा गीत रेकर्ड भएर म्युजिक भिडियो समेत विभिन्न च्यानल र युट्युब मार्फत प्रसारण भई सकेको जानकारी डिजे नवाङ दिए । सबै गीतहरु डान्स भर्सन तथा रिमिक्समा रहेको हुनाले सबैले मन पराउनेमा नवाङ विश्वस्त छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु