एल्बम विमोचन की सिडी प्रदर्शन ?

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७१, शुक्रबार

काठमाडौं, २७ भाद्र । एल्बम विमोचन भन्ने परम्परा कसले चलाए थाहा छैन । तर आधुनिक गीतसंगीतमा भने एल्बम विमोचन गर्ने परम्परा धेरै लामो भइसक्यो । ९० प्रतिशत गायक गायिकाले आफ्नो एल्बम तयार भएपछि बजारमा ल्याउनुभन्दा अगाडि एल्बम विमोचन गर्ने गर्छन् । तर लोकदोहोरी यो परम्परा भने पाइँदैन । यदि भइहाल्यो भने पनि एकदुई जनाले मात्र गर्छन् त्यो पनि २० प्रति सिडीको कभर डिजाइन र कम्प्युटर प्रिन्ट गरेर मिडियाका अगाडि नाटक गर्छन् । जे होस् मिडियासामु आउँदा नाङ्गो सिडी नल्याएपछि ५ प्रति किन नहोस् एल्बम बनाइएको रहेछ भन्ने थाहा हुन्छ । मिडियालाई दिनुपर्दा प्राविधिक कारणवश ल्याउन सकिएन भन्दिए भइहाल्यो ।
एल्बम विमोचन गर्ने परम्परा पनि कसैले ठूलो होटलमा ककटेल डिनरसहित गर्लान् कतिले सामान्य होटलमा खाज खुवाएर त कतिले सानो हलमा बोलाएर चिया बिस्कुट खुवाएर । जसरी हुन्छ मिडियामा चर्चा ल्याउने बाटो विमोचनको माध्यम अपनाउनेहरु पनि छन् । अझ कतिले त विमोचन गर्ने खर्च दिन्छु भनेर कुनै मिडियाका साथीहरुलाई ठेक्का दिने पनि गरेका छन् । ठेकदारी प्रथालाई पर राखौं किनकी चलचित्र उद्योगमा यस्तो प्रवृत्ति बढी हावी हुने गरेकै हुन्छ भने आधुनिकमा पनि कहीँ कतै यस्तो देखिएको छ । तर पछिल्लो समयमा लोकदोहोरीमा भने सामूहिक विमोचन गर्ने गर्छन् । एक जना गायकले गीत बजारमा ल्याए भने एउटा मात्र ल्याउँछन् अनि मिडियाबाजी गर्न नाटक गर्छन् सामूहिक विमोचनको । अरु गीत रेकर्ड गर्ने खर्च छैन, मिडियामा बजाउन पैसा छैन भन्नेले विमोचन गर्ने आँट नगर्नु राम्रो । तर विमोचन गर्दा एउटा नै गीत किन नहोस् सिडीलाई नाङ्गो देखाउनुको कुनै अर्थ छैन । विमोचन भनिसकेपछि त्यसको न्वारन गरेको नै हो भन्दा पनि हुन्छ । अब मिडियाले समाचार लेख्नका लागि सिडी कसको हो भनेर बाहिर नाम पनि नभएको खाली सिडी अतिथिको आसनबाट देखाउने चलन पनि हावी हुन थाल्यो लोकदोहोरीमा । लोक गीतका स्रष्टाहरु भन्ने गर्छन् “हामीलाई हेपिन्छ, हामीलाई लोक भनिन्छ ।” अब यहाँनेर लोकदोहोरीको नाममा हेपिएको हो की प्रवृत्तिलाई हेपेको हो भन्ने बुझ्नु जरुरी हुन्छ ।

mausam
राजधानीमा विहीबार लोकदोहोरीका स्रष्टाहरुले सामूहिक न्वारान गरे एल्बमको । सबैले एल्बमका नाम दिए ।  वरिष्ठ गायक भनिएका मच्छेश्वर सापकोटाले ‘खुशी मनले’ लोकदोहोरी एल्बम भनेर कभर नभएको सिडी देखाए । त्यस्तै मौसम गुरुङले ‘एउटा राम्रो बाटो देखाइदेउ’ भन्ने नाम दिए तर त्यो नाम भएको सीडी कहिँ कतै भेटिएन कागजमा हातले लेखेको लिस्टसहित नाङ्गो सिडी देखाए । त्यस्तै मदन बेल्बासेको ‘घुम्दै आयो दशैं तिहार’ एल्बमको नाम थियो रे कहीँ कतै त्यसको पनि नाम भेटिएन । लोकदोहोरीको क्षेत्रमा आफूलाई गायक, शब्द संकलक, भाका सिर्जना गरेको हुँ भन्दै जति नै खोके पनि के गर्ने कामले देखाउँछ अर्कै । दर्शक दीर्घाबाट मिडियाले हेर्ने कसरी एल्बम विमोचन हो की बजारमा नयाँ ब्राण्डको सिडी आएकोले लन्च गरेको हो ? कहिँ नभएको जात्रा हाडिगाउँमा भनेझैं लोकदोहोरीमा पनि देखियो बा !
6 album (2)

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु