एसएलसी प्रिन्सेस–२०१६ मा जोफेन

म्यूजिक खबर
प्रकाशित: ७ असार २०७३, मंगलवार

SLC-Princessएसएलसी प्रिन्सेस–२०१६ मा एसियन पब्लिक स्कुलकी छात्रा १६ वर्षीया जोफेन लामाले पहिलो स्थान प्राप्त गरेकी छिन् ।

 

जोफेनले प्रतियोगितामा शीर्ष उपाधिसहित भ्युअर च्वाइस तथा बेस्ट वाकको एवार्ड पनि प्राप्त गरिन् । जोफेनलाई भिजी सुजुकी लेट्स स्कुटर तथा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजकातर्फ प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पनि प्राप्त भयो ।
सिजन मिडियाद्वारा आयोजित उक्त प्रतियोगितामा प्रतिष्ठा गुरुङ फस्ट रनर्सअप, प्रशंसा सिटौला बेस्ट फिटनेस एवार्डसहित सेकेन्ड रनर्सअप घोषित भए । लिडरसिप एवार्डसहित प्रतिष्मा वाग्ले थर्ड रनर्सअप घोषित भएको प्रतियोगितामा रोसिका धमला मिस पपुलर एवार्डसहित फोर्थ रनर्सअप छानिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु