ओम हस्पिटलमा भोला रिजाल आउट हुँदा उद्धव पौडेल इन

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७३, शुक्रबार

om-hospital-uddab

काठमाण्डौ । चलचित्र निर्माण, वितरण र प्रदर्शनमा चार दशक बढी समय विताएका बरिष्ठ चलचित्रकर्मी उद्धव पौडेल ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्ष पदमा निर्वाचित भएका छन् । लामो समय चलचित्रकर्ममा यात्रा गरेका सफल चलचित्रकर्मी उद्धव पौडेलले केही समय अगाडी आफ्नो व्यवसायिक जीवनबाट अवकाश लिएर राप्रपा नेपाल मार्फत राजनीतिक यात्रामा थप क्रियाशिल रहेका छन् ।

राजनीतिमा रा.प्र.पा. नेपालका केन्द्रिय सदस्य रहेका उद्धव पौडेलले पछिल्लो समयमा आफ्नो जिवनलाई राजनीतिर र समाजसेवामा बढि सक्रिय बनाइरहेका छन् । समाजसेवाको कर्मलाई निरन्तरता दिंदै चलचित्रको रंगीन यात्रा पश्चात सामाजिक एवं राजनीतिक यात्रा तय गरिरहेका पौडेललाई बिहीबार भएको ओम हस्पिटलको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्ति गरेको हो । ओम हस्पिटलको स्थापनाकालदेखि नै अध्यक्ष रहँदै आएका प्रसुति रोग विशेषज्ञ डा.भोला रिजाल भने यो पटकदेखि अध्यक्षबाट बाहिरिएका छन् ।

uddav-poudel

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु