ओलीको र करिश्मा ठमेल बजारमा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार

१४ बैशाख, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा कसको नजर कोसँग जुध्छ कतिबेला माया बस्छ भन्ने थाहा नै हुन्न भन्ने गरिन्छ । त्यस्तै भएको छ यहाँ पनि सर्जक जेबी ओलीको नजरमा मोडल करिश्मा ढकाल परेकी छन् । नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट आफ्नो छुट्टै स्थान बनाएका गायक तथा सर्जक जेबि ओलीको ‘ठमेल बजारमा’ बोलको गीत पहिलो गीतमै नजर जुधेको हो ।

 

यस अघि सम्झी रुनलाई, मेरो लासमा आगो बलेको, जप्छु तिम्रै नाम, मेरो कथा, बुढी पोइल गइ लगाएतका गीतहरु बजारमा पठाएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल गायक ओलीले यतिबेला भने ‘ठमेल बजारमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।


बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई ध्यान दिने जे.बि.ले यस पटक भने अलि फरक स्वादमा ठमेल बजारमा बोलको गीत सार्बजनिक गरेका हुन् । यस यस गीतलाई सुन्दा चार बर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशको पर्यटन प्रबर्धनको निमित्त महत्वपुर्ण भूमिका खेल्ने देखिन्छ । यस गीतमा जेबी ओली र चर्चित गायिका मेलिना रार्इको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतको संगीत ओली र उमेश ठगुन्नाको रहेको छ भने शब्द गायक स्वयम् ओलीले नै लेखेका छन् ।

ठमेल बजारमा को म्युजिक भिडियोमा करिश्मा ढकाल, धु्रब हिमाली र जेबी ओली स्वयंको पनि नृत्य सहितको अभिनय देख्न सकिन्छ । मौसम हिमाली द्वारा निर्देशित भिडियोलाई छायांकन करन चैंसिरले छायाँकन गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु