ओलीप्रति धुर्मुसको ब्यंग्य (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७२, आईतवार

काठमाडौं । सिताराम कट्टेल धुर्मुस र मनोरञ्जन एक अर्काको पर्याय नै बनिसकेको छ । बहुप्रतिभाका धनि धुर्मुसले दिएका हरेक प्रस्तुतिलाई दर्शक श्रोताले अत्याधिक रुचाएको पाइन्छ । विभिन्न व्यक्तित्वको क्यारिकेचर जस्ताको तस्तै उतार्न सक्ने धुर्मुसले गरेको हालका प्रधानमन्त्री के.पी ओलीको नक्कललाई पनि दर्शक श्रोताले रुचाएको पाइएको छ । यहिक्रममा उनै हाँस्य कलाकार धुर्मुसले प्रधानमन्त्री केपी शर्माको ओलीका अभिव्यक्ति र कार्यशैलीलाई ब्यंग्य गर्दै भिडियो सार्वजनिक गरेका छन् । ओलीप्रति समसामयिक विषयमा ब्यंग्य गरिएको भिडियो धुर्मुसले सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरेका हुन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य ब्यंग्य श्रृखला मेरी बास्सै बन्द भएपनि त्यसैको स्वादमा धुर्मुसले भिडियो बनाएर युट्युबमा राखेका हुन् ।
ओलीप्रति धुर्मुसको ब्यंग्य भिडियोमा हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु