कति वर्ष लागे शिव परियार ? मनाउँदैछन् आज जन्मदिन !

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७४, बुधबार

फागुन ९, काठमाडौं । झन्डै १५ वर्षअघि रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि सांगीतिक यात्रा प्रारम्भ गरेका आजका अत्यन्तै व्यस्त एवं लोकप्रिय गायक शिव परियारले आज जन्मदिन मनाउँदैछन् । अंग्रेजी तिथी अनुसार आज उनको जन्मदिन पर्न गएको हो ।उनी १९८३ फेब्रुअरी २१ तारिख जन्मिएका भए पनि उनको सम्पूर्ण डकुमेन्टमा भने १९८२ उल्लेख गरिएको छ ।  सर्लाही जिल्लाको हजारियामा जन्मिएका परियारको नेपाली तिथी अनुसार भने दुई दिन पछि अर्थात फागुन ११ गते जन्मदिन पर्न गएको छ । पिता साधुराम परियार र माता मनकुमारी परियारको कोखबाट जन्मिएका परियार परिवारको एक्लो सन्तान हुन् । परियारले आज ३६ औं जन्मदिन मनाउँदैछन् ।

स्वदेशका प्रायः सबै जिल्लादेखि विदेशका दुई दर्जनभन्दा बढी देश पुगेर आफ्ना लोकप्रिय गीतहरू सुनाइसकेका शिवले थुप्रै सम्मान, पुरस्कार र एवार्ड जितिसकेका छन् । गायक परियार चाँडै नै आफ्नो ११ औं र १२ औं गीति–संग्रह शिवालय लिएर श्रोतामाझ आउँदैछन् ।


करिब एक दसक देखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियार गायक तथा संगीतकारका रूपमा सुपरिचित छन् । गायनमा अब्बल रुपमा चिनिन्छन् गायक शिब परियार ।

पारिवारिक बिरासतविनै गायनमा आएका परियार आफ्नै पौरखमा रमाउन सफल भएकोमा गर्व गर्छन् । सुनिता कौशलसँग सुखद वैवाहिक जिवन विताइरहेका गायक परियारका एक छोरी सुहाना परियार छिन् ।

नेपाली संगीतका ढुकढुकी बनेका गायक परियारलाई सांगीतिक करियर, व्यक्तिगत तथा पारिवारीक सम्पूर्ण क्षेत्रमा सुख, ऐष र सम्बृद्धी मिलोस्, म्यूजिक खबर परिवारको तर्फबाट लाखौंलाख शुभकामना ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु