कन्सर्ट र डिजे पार्टिमा रमायो नाम्चेबजार !

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार

काठमाडौं । एभरेष्ट डेको अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा ‘एभरेष्ट डे–२०१८’ शीर्षकको सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको छ । पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टको व्यवस्थापनमा नाम्चे युथ ग्रुपले नाम्चेबजारस्थित हिमालय आधारभूत विद्यालयको प्रांगणमा लोकप्रिय कलाकारहरुको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टि सञ्चालन गेको हो । कार्यक्रममा सहभागि कलाकारहरु यसै साता काठमाडौं फर्किएको पार्टि एभरेष्टका पासाङ छिरिङ शेर्पाले जनाएका छन् । शेर्पाका अनुसार ‘एभरेष्ट डे–२०१८’ शीर्षक राखेर विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट तथा डान्स पार्टि आयोजना गरिएको हो ।

‘सगरमाथाको फेदी अनुपम छ ठाउ“, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउ“’ भन्ने नारा राखेर आयोजना भएको सांगीतिक कार्यक्रममा नेपाली मूलका ईन्डियन आइडल प्रशान्त तामाङसहित नेपाली गायकहरु बद्री पंगेनी, अभिनाष घिसिङ तथा लोक गायिका प्रिया भण्डारी आकर्षणको केन्द्र बने । कार्यक्रममा सहभागि हुन मुम्बईबाट काठमाडौं हु“दै एयर डाइनेष्टिको हेलिकोप्टरबाट लुक्लाहु“दै नाम्चे बजार पुगेका गायक प्रशान्त तामाङले कार्यक्रममा ‘असारै महिनामा‘’ सहितका लोकप्रिय गीत–संगीत प्रस्तुत गरे ।

लोक गायक बद्री पंगेनीले भने आफ्नो गायनमार्फत उपस्थित झण्डै ३५ सय दर्शकहरुलाई छमछमि नचाए । गायक अभिनाष घिसिङ तथा गायिका प्रिया भण्डारीले पनि दर्शकहरुलाई उत्तिकै मनोरञ्जन दिए । सांगीतिक कार्यक्रम लगत्तै डिजेइङको क्षेत्रमा स्थापित भैसकेका नेपालको पहिलो व्यवसायिक डिजे डिजे तेन्जिङले कार्यक्रम परिसरलाई डान्स फ्लोरको रुपमा रुपान्तर गरिदिए । उनले बजाएका फास्ट बिटका लोकप्रिय गीतको तालमा डान्स गर्नेहरुमा स्वदेशीसहित विदेशीहरु पनि थिए ।

सगरमाथाको आरोहण गरेर फर्किएका विदेशी पाहुनाहरुले समेत सांगीतिक कार्यक्रमबाट मनोरञ्जन लिएको डिजे तेन्जिङले बताए । उद्घोषिका जेनी शेर्पाद्वारा सञ्चालित सा“झ ६ बजेपछि प्रारम्भ भएको ‘पार्टि एट टप अफ द वल्र्ड’ उपशीर्षक राखिएको उक्त कन्सर्ट तथा डिजे पार्टि बिहान ५ बजेसम्म सञ्चालन भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु