कन्हैया भन्छन्ः बस्ती खस्यो धर्ती फाट्यो

म्यूजिक खबर
प्रकाशित: २३ जेष्ठ २०७२, शनिबार

काठमाडौं । विनाशकारी भुकम्प आएपछि धेरैको मन नै फाटेको छ, सपनाहरु चकनाचुर भएको छ । बस्ती भत्किएर उराठ भएको छ, जनजीवन त्रासमा छ भने महलको मान्छे सडकमा पुगेको अवस्था पनि छ । यस्तो अवस्थामा देश जति रोएको छ त्यो भन्दा बढी विदेशमा रहेका नेपालीहरुको मन रोएको छ । स्वदेशमा हुनेले त यथार्थ घटना देखेका छन् तर विदेशमा हुने नेपालीहरुले भने वास्तविकता भन्दा पनि बढी पीडा देखेका छन् । त्यसैले पनि विदेशमा हुनेले देशप्रति बढी कर्तव्यबोध हुनु स्वाभाविक नै हो ।
गायक कन्हैया सिंह यतिबेला अमेरिकामा छन् तर उनको मन भने नेपालमा नै छ । भुकम्पका हरेक कम्पनसँग सिंहको मन पनि तर्सिने गरेको छ । हरेक दिन नेपालप्रतिको चिन्ता हुने गरेको छ गायक सिंहलाई । विनाशकारी भुकम्पलाई नै लिएर गायक सिंहले पनि आफ्नै स्वर संगीतमा गीत गाएका छन् । लोक सिग्देलको रचनामा तयार पारिएको उक्त गीतले देशको धरहरा जसरी भत्किएको छ त्यसरी नै सबै बस्तीहरु खसेका छन् । धर्ती फाटेर कहिले र कतिबेला मुलुक ध्वस्त हुन्छ भन्ने अवस्था सिर्जित भएको छ । तर पनि भुकम्पलाई प्रतिकार गर्दै त्रास मनहरु अब लड्न तयार भइसकेका छन् भन्ने भावमा गीत तयार पारिएको छ । गीतका भावहरुले हामी डराउने होइन भुकम्पसँग नडराई सुरक्षित रहन मनलाई दह्रो पार्नुपर्छ । त्यही भावहरुलाई संगीतमा र स्वरमा गायक कन्हैया सिंहले अझ समधुर बनाएका छन् । भुकम्पको डर र त्रासलाई संगीतका माध्यमले टाढा बनाउँदै सुरक्षित वातावरणमा बस्न मद्दत गर्नेछ ।

सम्पूर्ण भुकम्प पिडित नेपाली मन हरुमा…  यो  “Unplugged ” गीत समर्पण  गर्दछु!!!!!रचना- लोक सिग्देल,  गायन/संगीत- कन्है…

Posted by Kanhaiya Singh Pariyar on Friday, June 5, 2015

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु