कबिता बनिन्, मिसेस नेपाल आइडल – २०१६

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७३, शुक्रबार

काठमाडौ, २०७३ भाद्र ७ मंगलबार । मिसेस नेपाल आइडल – २०१६ को ताज कविता राई नेम्बाङले जितेकी छिन् । आफ्ना १७ प्रतिस्पर्धीहरुलाई पछि पार्दै कविताले मिसेस नेपाल आइडल – २०१६को उपाधी चुमेकी हुन् । कविताले सब टाइटलमा मोस्ट इन्टेलेजेन्ट र बेस्ट ड्रेसको उपाधीपनि आफ्नो पोल्टामा पार्न सफल भइन् ।
जमल स्थित राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा कविताले मिसेस नेपाल आइडल – २०१६को उपाधी चुम्दा फस्ट रनरअपको ताज अप्सरा गुरुङले आफ्नो शिरमा पहिरिन सफल भइन् । त्यस्तै सेकेन्ड रनरअपको ताज मिरा श्रेष्ठले आफ्नो पोल्टामा पार्दा थर्ड रनरअपको ताज गौरी गिरीले जितिन् । फोर्थ रनरअपको उपाधी अन्जु जि. टि भुजेलले आफ्नो शिरमा पहिरिन सफल भइन् । विजेताहरुलाई विभिन्न गिफ्ट ह्याम्पर तथा ताज, ट्रफीद्धरा सम्मान गरिएको थियो ।

IMG_1806
विबाहित महिलाहरुको विविध कला संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना भएको मिसेस नेपाल–२०१६ को सब–टाइटलमा क्रमश बेस्ट ट्यालेन्ट सिता थापा, बेस्ट कल्चर मिरा श्रेष्ठ, बेस्ट पर्सनालिटि एस रिता गुरुङ, बेस्ट स्माइल गौरी गिरी, बेस्ट डिसिप्लेन मिनु शर्माले जिते । त्यस्तै क्रमशः मोस्ट चार्मिङ मन्दिरा महर्जन, बेस्ट स्किन उमा पोखरेल, बेस्ट हेयर एलिना गिरी, मोस्ट स्मार्ट अन्जु जि.टि भुजेल, मोस्ट एक्टिभ पुनम महर्जन, मोस्ट स्टाइलिस अप्सरा गुरुङ, मोस्ट पंचुअल सुनिता भण्डारी, मोस्ट कन्फिडेन्ट गिता श्रेष्ठ, बेस्ट फोटोजेनिक अन्जु जि.टि भुजेल, मोस्ट पपुलर मिनु शर्मा, बेस्ट कम्प्लेसन अप्सरा गुरुङ र मोस्ट बब्लि पुनम महर्जनले सब–टाइटलमा उपाधी जिते ।

IMG_1869
मिसेस नेपाल आइडल – २०१६को जजहरुमा क्रमश ः मोडल तथा अभिनेता दिक्पाल कार्की, अभिनेत्री रिमा विश्वकर्मा, मिसेस मंगोल नेपाल–२०१६को बिजेता सोनाम राई र निर्देशक बद्रि कृष्ण श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बा लगायत जजहरुले विजेताहरुलाइे ताज, ट्रफी प्रदान गरेका थिए । साथै कार्यक्रममा आमा घरमा सञ्चालिका दिलशोभा श्रेष्ठलाई आयोजकले सम्मानपनि गरेको थियो । कार्यक्रममा गायन, डान्सद्धरापनि दर्शकहरुलाई मनोरञ्जन दिइएको थियो ।
तस्बिरहरु: विशाल राई

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु