कमलरी कथामा एउटै

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७०, आईतवार

गरिब तथा उत्पिडित वर्गका रुपमा चिनिंदै आएको कमलरी को कथामा चलचित्र एउटै बनिरहेको छ । मधेशी, पहाडी र हिमाली एउटै देशका हुन् सबै मिलेर एउटै देशमा बस्नु पर्छ भन्ने मूल कथालाई लिएर बनिरहेको चलचित्र एउटैमा बिशेषगरि कमलरी जस्तो कुप्रथालाई जरैदेखि उखेलेर फ्याँक्नु पर्छ भन्ने सन्देश दिइएको छ । देब नेपालको लेखन तथा निर्देशनमा तयार हुँदै गरेको चलचित्र एउटैको छायांकन भइरहेको छ । रामकुमार अधिकारी निर्माता रहेको चलचित्र एउटैमा देब नेपाल, दिप सागर, बिजय चौधरी, सपना के.सी., कमल ज्ञवाली र रामकुमार अधिकारीको अभिनय रहेको छ । मेरोन मुभी एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र एउटै जनकपुर, लुम्बिनी, पाल्पा, पोखरा, गोरखा लगायतका क्षेत्रमा छायांकन भइरहेको छ । चलचित्रमा रामजी नेपालीको संगीत, युवराज बाँस्तोला र सुमन बैरागीको गीत लेखन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु