कम्लहरीको झुम्रामा कोमल वली

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७२, बुधबार

काठमाडौं, ४ फागुन । पश्चिम नेपालमा गाइने झुम्रा गीतमा गायिका कोमल वलीले स्वर दिएकी छिन् । कम्लहरीको कथामा बन्न लागेको चलचित्र ‘लावाजुनी’ मा रहेको एक गीतमा गायिका वलीको स्वर भरिएको हो । दाङ देउखुरी क्षेत्रमा बहुप्रचलित झुम्रा गीत फिल्मका लागि गायिका ओलीले गाएकी हुन् । पश्चिम नेपालको थारु समुदायमा लोकप्रिय झुम्रा गीत आफ्नो स्वरमा रेकर्ड गर्न पाउँदा खुशी लागेको ओलीले बताइन् ।

पश्चिम नेपालका थारु समुदायमा प्रचलनमा रहेको कम्लहरी प्रथाको विषयमा बन्न लागेको चलचित्र ‘लावाजुनी’ निर्माता, लेखक तथा निर्देशक केएल पीडित हुन् । पीडितकै शब्दमा रहेको लावाजुनीको गीतलाई संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । लावाजुनी उत्सर्ग फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको हो ।

komal oli
चलचित्र ‘लावाजुनी’ पश्चिम नेपालका थारु समुदायका छोरीचेलीहरुले विगतमा भोगेको कम्लरी जीवन, मुक्तिको संघर्षगाथा र त्यसपछि उनीहरुले बाँचेको नयाँ जिन्दगीलाई कथावस्तु बनाइएको छ । केही समयपछि छायाँकनमा जाने ‘लावाजुनी’को शीर्ष भूमिकामा वर्षा लम्साल चयन भएकी छिन् भने राष्ट्रिय र स्थानीय कलाकारहरुको अभिनय रहने बताइएको छ । यसका कार्यकारी निर्माता युवा व्यवसायी गेहेन्द्र बस्नेत हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु