करणको चाल बुझ्नै गाह्रो

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७०, बुधबार

काठमाडौं, १५ माघ । आजभोलि करण क्रेजीको चाल बुझ्नै गाह्रो भएको छ । राजधानीमा सम्पूर्ण छायाँकन गरिने भनिएको चलचित्र चाललाई दोलखाको शैलेश्वरीस्थित भैसेमा शुभ मुहूर्त गरिएको छ । करण क्रेजीको निर्माणमा बन्न लागेको चलचित्र “चाल“को मंगलबार दोलखाको शैलेश्वरीस्थित भैसेमा शुभ मुहुर्त गरिएको छ ।राजधानीमै गरिने नेपाली चलचित्र दोलखामा मुहुर्त गरिएको हो । भैसेस्थित प्रहरी चोकीका इन्चार्ज प्रहरी सहायक निरीÔक बद्री राउतले नरिवल फोरेर चलचित्र “चाल“को मुहुर्त गरेको थिए । सो मुहुर्तमा शैलेश्वरीका समाजसेवी वालकृष्ण थपलियाले क्यामराको स्वीच अन गरेका थिए भने वैदार लामा, रितबहादुर श्रेष्ठलगायतले पहिलो पटक आफ्नो गाउ“मा चलचित्रको मुहुर्त गरि“दा खसी व्यक्त गरेको थिए । सो चलचित्रमा विशाल विष्ट, श्रीदेव भटटराई, दिपाशा बिसी, विक्रम थापा, रश्मी भटट, प्रल्लाद खरेल, दिनेश अवाल, गोपाल बराइलीलगायतको अभिनय रहेको छ ।
राजु केसी प्रस्तुतकर्ता रहेको यस चलचित्र करण श्रेष्ठ क्रेजीले निर्माण गर्न लागेका हुन् । सुर श्रंगार फिल्म प्रालिको व्यानरमा निर्माण प्रारम्भ गरिएको सो चलचित्रमा कुमार महर्जनको द्वन्द्व, रामसिंह नेपालीको संगीत र राज सरगमको गीत, कथा, पटकथा रहेको छ । सो चलचित्रको ९० प्रतिशत दोलखाको शैलेश्वरी, पवर्टी, चरिकोटमा गरिने छ भने १० प्रतिशत छायांकन राजधानीमा गरिने निर्देशक रुपेश उप्रेतीले बताए । सामाजिक विÈयबस्तुमा आधारित भनिए पनि सो चलचित्र गामिणँ भेगका कथाबस्तु समेटिएको छ । करिव ३५ लाखको लागतमा निर्माण गरिने सो चलचित्रका निर्माण्ँ नियन्त्रक गोपाल बराइलीले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु