करिश्मा र सुरेशदर्पणको भिडियो

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७०, बिहीबार

काठमाडौं, ७ माघ । ठूलो पर्दाका चलचित्रमा सदाबहार नायिकाका रुपमा आफ्नो छवि कायम गर्न सफल अभिनेत्री करिश्मा मानन्धर र चलचित्र निर्देशनमा लागिपरिरहेका सुरेश दर्पण पोखरेल अब भने म्यूजिक भिडियोतिर लागेका छन् । अभिनेत्री करिश्मा मानन्धर चलचित्र पाउन छाडेपछि म्यूजिक भिडियोतिर लागेकी हुन् भने निर्देशनलाई थाँती राखेर नेपाली तथा विदेशी चलचित्र बितरण कम्पनी दर्शना आर्टस्को सिइओ बनेर बसेका सुरेश दर्पण पोखरेल म्यूजिक भिडियोतर्फ लागेका हुन् ।
चलचित्रबाट निश्क्रिय रहेका यी दुई निर्देशक र अभिनेत्रीको म्यूजिक भिडियो भने जुनतारा सँगै बोलको रहेको छ । निर्देशक सुरेशले सदाबहादर मानिएकी नायिका करिश्मा मानन्धरलाई लिएर १९७० को क्यारेक्टरमा उतार्ने प्रयत्न गर्दै भिडियो बनाएका हुन् । प्रमिस मास्केको स्वरमा रहेको म्यूजिक भिडियोको गत साता गोदावरीमा छायाँकन गरिएको थियो । म्यूजिक भिडियोका निर्देशक सुरेश दर्पण पोखरेलका अनुसार अभिनेत्री करिश्मा मानन्धरलाई यस भिडियोमा उनको ग्ल्यामरस छविको विपरित लजालु युवतीको रुपमा प्रस्तुत गरिएको छ । निर्देशक सुरेशले केही पुरानो गेटअपलाई प्रस्तुत गर्दा म्यूजिक भिडियो आकर्षक देखिने दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु