करोड क्लबमा ‘किन आजकाल तिम्रो मन मैलो भो’

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७४, मंगलवार

माघ ९, काठमाडौं । नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु’ को गीत ‘किन आजकाल तिम्रो मन मैलो भो….’लाई युट्युबमा एक करोड भन्दा बढी पटक हेरिएको छ । २०१७ को जुन २० तारिकमा अपलोड गरिएको गीत २०१८ को जनवरी २३ सम्ममा एक करोड भन्दा बढी पटक हेरिएको हो । यो समाचार तयार पार्दा सम्ममा यो गीतलाई एक करोड ८ हजार ७ सय पटक हेरिएको छ ।

गीतमा अर्जुन पोख्रेलको स्वर र संगीत साथै अम्बिका शर्माको शब्द रहेको छ । चलचित्रका मुख्य पात्र नायक पल शाह र पूजा शर्माको केमेस्ट्रीलाई देखाईएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउछु’ लाई चलचित्रकी नायिका पूजा शर्माले निर्माण गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु