कलाकारको तीज विदेशमा

म्यूजिक खबर
प्रकाशित: १२ भाद्र २०७१, बिहीबार

एमपी सुब्बा/ काठमाडौं, १२ भाद्र । हिन्दुधर्मालम्बी महिलाको ‘प्यासन’ हो तीज । तर, बदिलिँदो समयसँगै ‘फेसन’ जस्तै बन्दैछ । नारीको महान पर्व हो तर, गायक÷गायिकाका लागि भने ‘विदेश सवारको पर्व’ बन्दैछ तीज । नाम चलेका र कहिलिएका गायक÷गायिकाले आफ्नो परिवारसँग तीज मनाउनै पाउन छाडेका छन् । उनीहरु तीजको मौसममा विदेश सवारमै व्यस्त भएका छन् ।
लोकगायिका सुनीता दुलालले नेपालमा तीज मनाउन नपाएको तीन वर्ष भयो । यसपालि उनी क्यानडामा तिज मनाउँदैछिन् । एक साताअघि नै क्यानडा हानिएकीले सुनीताले ‘उत्कृष्ट तीज गीत’ को अवार्डसमेत ग्रहण गर्न पाइनन् । उता जानुअघि सुनीताले सुनाइन्, ‘नेपालमा तीज मनाउन नपाएको लगातार तीन वर्ष भयो । यसपालि क्यानडा हुनेछु ।’
सुनीता मात्र नभई अधिकांश चलेका गायक÷गायिकाले विदेशमै तीज मनाउँदैछन् । गायिका देविका केसीले यसपालिको तीज बेल्जियममा मनाउँदैछिन् । उनी त्यसका लागि एक साताअघि बेल्जियम पुगेकी छन् । पछिल्लो समय ‘नेपाली हामी एउटै’ गीतमार्फत चर्चाको शिखरमा पुगेकी देविकाले बेल्जियममा नेपाली परम्पराममै तीज मनाउने आफ्नो योजना सुनाइन् । फेसबुक अनलाइनमा कुरा गर्दै देविकाले भनिन्, ‘नेपालमा जस्तै यहाँ पनि परम्परागत रुपमा तीज मनाउँदै छु । यहाँ नेपालीको छुट्टै समाज छ । तीज सांस्कृतिक पर्व भएकाले यहाँ रहेका नेपालीसँग नाचगान गरेर तीजको मज्जा लिनेछु ।’ त्यस्तै गायिका लक्ष्मी ढकाल मलेसियामा रहेका नेपालीहरुका बीचमा तिज मनाउँदैछिन् ।

malaysia
विशेषगरी लोकगायक÷गायिकाका लागि तीज ‘उत्सव’जस्तै भएको छ । जहाँ नेपाली, त्यहाँ तीज संस्कृति मौलिन थालेकाले गायक÷गायिकाका निम्ति तीज ‘सांस्कृतिक दशैं’ सावित हुन थालेको छ । अहिले चलेका र नाम सुनिएका अधिकांश लोकगायक÷गायिका नेपाल छैनन् । उनीहरु सातादिन अघिबाटै विभिन्न देशमा रहेका नेपालीको निम्तो स्वीकार्दै ठाउँ–ठाउँमा पुगिसकेका छन् । तीजकै कार्यक्रमका लागि रमिला न्यौपाने, खुमन अधिकारी, जानकी मगर, मञ्जु पौडेललगायतका गायक÷गायिका जापान पुगेका छन् । त्यहाँ उनीहरुले विभिन्न नेपाली संघसंस्थाले आयोजना गर्ने ‘तीज विशेष’ कार्यक्रममा सहभागी भई तीनको रौनक ल्याउँदैछन् ।

london
त्यस्तै, यसपालिको तीजमा युएईमा भएका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई नचाउन देवी घर्ती, राजु ढकाल, मुना थापा र रामजी खाँड त्यहाँ पुगेका छन् भने गायक पुशपति शर्मा र गायिका जमुना सनमले भने युकेमा भएका नेपालीलाई नचाउँदैछन् । यसपटकको तीजमा युरोप, अमेरिका र खाडीका रहेका नेपालीमाझ मात्र नभई भारतमा समेत नेपाली कलाकार पुगेका छन् । नयाँदिल्लीस्थित ‘हाम्रो स्वभिमान’ नामक संस्थाले आयोजना गर्न लागेका ‘तीज विशेष’ कार्यक्रममा सहभागी हुन सहिमा श्रेष्ठ, बद्री पंगेनीलगायतका गायक÷गायिकाको एउटा टोली बुधबार नयाँदिल्ली प्रस्थान गरेका छन् । उनीहरुले नयाँदिल्लीमा रहेका नेपाली समुदायमाझ बिहीबार ‘तीज धमाका’ प्रस्तुत गर्नेछन् ।

canada

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु