कलाकारलाई रोयल्टी, अग्रजलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७३, बुधबार

पौष २६, काठमाण्डौ । प्रस्तोता समाज नेपालले मंगलबार राजधानीमा कलाकारलाई रोयल्टी बितरण गरेको छ भने १० अग्रज स्रष्टालाई सम्मान गर्दै सम्मानको संस्कार बसाएको छ । बितरण गरिएको रोयल्टीमा गायिका अन्जु पन्त र गायक प्रमोद खरेल अगाडि देखिएका छन् । एनसेलले तिरेको चार महिनाको रोयल्टीबाट गायिका अन्जुले १ लाख ४४ हजार २ सय ९९ प्राप्त गरिन् भने प्रमोद खरेलले ८५ हजार १ सय ४५ रुपैयाँ रोयल्टी बुझ्न सफल भए । उनीहरुको गीत गएको चार महिनाको अवधिमा सबैभन्दा धेरै डाउनलोड हुन सफल भएको कारण रोयल्टी पनि उनीहरुले नै धेरै प्राप्त गरेका हुन् । गत जुलाईदेखि अक्टोबरसम्मको अवधिको प्रस्तोताको रोयल्टी एनसेलले दिएपछि अन्जु र प्रमोद लगायत २७ जनाले रोयल्टी बुझ्न सफल भएका छन् ।

8

प्रस्तोता समाज नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रस्तोताहरुलाई रोयल्टी बितरण गर्दै अग्रज कलाकारहरुलाई जनही १०००५ राशिसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । जसमा अग्रज स्रष्टा गायक प्रेमध्वज प्रधान, भजन शिरोमणि भक्तराज आचार्य, गायक दीप श्रेष्ठ, ठाडो भाखाका गायक भेडीखर्के साइँला, सितारबादक सुशीला अमात्य, गायिका तीर्थ कुमारी थापा, गायक नन्दकृष्ण जोशी, गायक पूर्ण नेपाली, गायक रामा मण्डल र विद्या मुकारुङलाई १०००५ नगद राशिसहित सम्मान गरिएको थियो । सोही अवसरमा रोयल्टीका समाचार सम्प्रेषण गरेर सहयोग पु¥याउँदै आएकी पत्रकार राधिका अधिकारीलाई पनि सम्मान गरिएको थियो भने एनसेल र रेडियो अडियोलाई पनि रोयल्टी संकलनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो ।

7

आफ्नो सिर्जनाबाट रोयल्टी बुझ्ने गायक गायिकाहरुमा भद्र वली, विन्दु परियार, विष्णु माझी, दिपक लिम्बू, देवी घर्ती, हेमन्त राना, हेमन्त शिशिर, जुना श्रीष, कालिका रोका, खुमन अधिकारी, कृष्ण अखेली, कृष्णा परियार, मेक्सम खाती, मोहन खड्का, मुना थापा, प्रविन थापा, पूर्णकला विसी, रजिना रिमाल, रामजी खाँड, ऋषि खड्का, ऋतु रानाभाट, सब्बुश्री तिवारी, सन्तोष केसी, स्वरुपराज आचार्य, टिका पुन रहेका छन् ।

6

पछिल्लो समय रोयल्टी संकलनको कार्य तिब्र गतिमा भइरहेको छ । यातायात, रेडियो टेलिभिजन, मेला, महोत्सव, कन्सर्टलगायत गीतसंगीतको सार्वजनिक प्रयोग गरेवापत अनिवार्य रोयल्टी बुझाउनु पर्ने प्रावधान बनेपछि रोयल्टी संकलन कार्यमा सहजता हुँदै गएको छ । कानुनी दायारामा आएका संघसंस्थाहरुले गीतसंगीतको प्रयोगवापत रोयल्टी बुझाउनु पर्ने प्रावधान बनेपछि यसको कार्यान्वयनमा रोयल्टी संकलन समाज, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक संघ (सीएमओ) अगाडि बढेको छ । पछिल्लो समय एनसेल र रेडियो अडियोले रोयल्टी दिने कार्यलाई अगाडि बढाएको छ भने अन्य संघसंस्थाहरु पनि कानुनी दायारामा आइसकेका छन् ।

5 4 3 2 1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु