कलाकारिता बर्ष–२०१६ को उपाधि शिवाकोटीलाई

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७२, बिहीबार

स्पेन, ६ फागुन । गायक तुलसी सिवाकोटी नेपाली संगीतको क्षेत्रमा परिचीत नाम हो । विदेशी भूमि स्पेनमा बसोबास गर्दै आएका सिवाकोटी नेपाली संगीतमा क्रियाशिल रहँदै आएका छन् । सबै बिधाका गीतहरु गाउन सक्ने भर्सटायल गायकको छवि बनाउन सफल भएका शिवाकोटी पछिल्लो समयमा थप लोकप्रिय बन्दै गइरहेका पनि छन् । उनलाई संगीतमा उनका कुशल प्रस्तुति र मिहिनेत र क्रियाशिलताको कदर गर्दै बेल्जिएममा आयोजना गरिएको एवार्ड कार्यक्रममा उनलाई सम्मान गरिएको छ । कलाकारिता बर्ष–२०१६ स्पेनको नामबाट उनी सम्मानित भएका हुन् ।
छोटो समयमा नै गायकको रुपमा स्थापित भएका शिवाकोटीले कार्यक्रमा आफ्नो प्रस्तुति पनि दिएका थिए जसलाई दर्शकहरुले अत्याधिक रुचाएका थिए । कला जगतकै यति ठूलो सम्मानले आफूलाई सम्मानित गरेकोमा आयोजक आईएएफलाई उनले हार्दिक धन्यवाद दिंदै आफूलाई अब झन् संगीत क्षेत्रका लागि धेरै गर्न चुनौति थपिएको बताए । दिन प्रति दिन सफलताको सिंढी चढिरहेका गायक तुलसी सिवाकोटीले कलाकारिता वर्ष–२०१६ को उपाधि जितेकोमा www.musickhabar.com तर्फबाट हार्दिक बधाई ।tulsi_siwakoti_singer
tulsi_singer

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु