कलाकार र पत्रकारलाई हेल्प फर ह्यूमनको सम्मान

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७३, आईतवार

विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएको सामाजिक संस्था हेल्प फर ह्यूमनले शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विभिन्न कलाकर्मी, सञ्चारकर्मी र सामाजिक कार्यक्रमा सहयोग तथा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पूर्व सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेल्प फर ह्यूमन सम्मान–२०७३ विभिन्न समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुहुने महानुभावहरुलाई प्रदान गरिएको छ ।

वहिरा बाल बालिकाले साङकेतीक भाषाको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा अपाङ् सेवा संघका अध्यक्ष दयाराम महर्जन, पूर्वमहा सेनानी ज्ञानहरि श्रेष्ठ, साहारा असाय बाल सुधार संघकी अध्यक्ष इश्वरी गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै विभिन्न सामाजिक कार्यमा सहयोग पु¥याएको भन्दै मोडल तथा नायक पल विक्रम शाह, गायक सफल श्रेष्ठ, गायक रुपक डोटेल, शान थापा, बनिश, राम, मोडल निराजन प्रधान, आकांक्षा बस्याल, गायक सञ्जिव पुण्डासैनी, निमात्री कृष्ण चौलागाईं, प्रवेश लिम्वु, मोडल आयुष केसी, प्रदिप बास्तोला, अन्जना थापा, गायिका रेस्मा सुनुवार, डिजे जेनी, सञ्चारकर्मी गीता अधिकारी, पुविका श्रेष्ठ, अमिर गजमेर, सुनील गिरी, निलज थापा, विविक खतिवाडालगायतलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरुले संस्थाले धेरै राम्रा कामहरु गर्दै आएको र आफूहरुले पनि त्यसका केही सानो भए पनि योगदान पु¥याउन पाएकोमा संस्थाप्रति आभार ब्यक्त गरेका थिए । एशियन म्युजिकका निर्देशक इश्वर गुरुङले छोटो समयमै संस्थाले उल्लखनिय कार्य गरेको भन्दै आउँदा दिनहरुमा पनि संस्थाका कार्यहरुलाई जारी राख्न अनुरोध गर्दै आफूहरुले यस्ता कार्यहरुमा सक्दो सहयोग गर्ने बताए ।

उक्त कार्यक्रममा हेल्प फर ह्यूमन र स्वेट नेपाल मर्जर भएको घोषणा गरियो । स्वेट नेपालले बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ । यो संस्थामा अहिले असाह्य ५२ जना बालबालिका रहेको जानकारी गराइएको थियो । स्वेट नेपालकी अध्यक्ष स्वेता केसीले अबका दिनमा हेल्प फर ह्यूमनसँगको सहकार्यले अझ सजिलो हुने बताइन ।

gita adhikari
दृष्टि विहिन बालक केशव वादीले ‘मर्ने कसैलाई रहर हुँदैन….गीत गाउँदा उपस्थि सबै स्तब्ध भएका थिएको कार्यक्रममा संस्थाका आजिवन सदस्य निर्देशक अनुप गिरी, ज्ञानेन्द्र शर्मा हुमागाई, ह्यारी योञ्जन, सञ्जु आचार्य, समर मिश्र, सविता भट्टराई, निलम काफ्ले, सुजित गुरुङ, प्रमिला कार्की, समी पौडेल लगायतकालाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै अस्मिता सिवाकोटी, खुस्बु साम्य, उज्जवल कार्कीलगायतका स्वयसेवीलाई प्रशंसापत्र दिइएको थियो ।
हेल्प फर ह्यूमनका अध्यक्ष रमण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लालबाबु पण्डितले सकारात्मक सोचका साथ अघि बढनु पर्ने बताए । उनले देशको युवा शक्ति बाहिर जानु दुःखको कुरा हो, उनीहरु त्यहाँ पनि खुसी छै्रनन् । देशमा भएका युवाहरुमा निराशा पलाउनु दुःखको कुरा हो भन्दै देशका युवाहरु निराश भएका यस्तो देश कता जला भनेका थिए । पण्डितले हाम्रो कतव्र्य भनेको युवाहरुलाई उत्साहित बनाउनु पर्छ, खुसी युवाहरु देख्दा आफूलाई सबैभन्दा बढी सुखानुभुती हुने बताए । अरुले बनाएको स्वर्गमा रमाउनु भन्दा आफू स्वभीमानी बन्नु पर्छ, आफ्नो स्वर्ग आफैँ बनाउनु पर्छ, समाज सेवा र परोपकार नगर्ने व्यक्तिको जीवन व्यर्थ हो उनले भने । हेल्प फर ह्यूमनले आउँदा दिनहरुमा सामाजिक कार्यहरुमा आफूलाई अझ शसक्त रुपमा प्रस्तोत गरोस् र अग्रगी सामाजिक संस्थाको रुपमा आफूले देख्न चाहेको पण्डितले इच्छा जाहेर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु