कलाकार र स्वास्थकर्मीद्वारा प्याथ ल्याब शुभारम्भ

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७३, आईतवार

ललितपुरको लगनखेलस्थित सञ्चय कोष भवनमा सञ्चालनमा आएको पाटन प्याथ ल्याब प्रालिको कलाकार र स्वास्थकर्मी मिलेर शुभारम्भ गरेका छन् । हास्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला, ल्याबका सञ्चालक रेशम भट्टराई, पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. प्रकाशचन्द्र न्यौपानेले संयुक्तरुपमा हालसम्मकै अत्याधुनिक प्रविधी र मेशिनसहित सञ्चालनमा ल्याइएको ल्याबको शुभारम्भ गरेका हुन् ।

3

कला, संगीत, सञ्चार, सुरक्षा, चिकीत्सालगायत विभिन्न क्षेत्रका व्यक्तिहरुका बिच शुभारम्भ गरिएको ल्याबबारे प्रकाश पार्दै ल्याबका सञ्चालनक भट्टराईले आप्mनो ल्याबमा हालसम्म नेपालमै नभएको अत्याधुनिक प्रविधी र मेशिनको प्रयोगबाट विशेषगरी मधुमेह र थाइराइडको रक्त परिक्षण गरिने तथा नेपालमा उपलब्ध नभएका कतिपय रक्त परिक्षण अब आप्mनो ल्याबमा हुने जानकारी गराए । त्यसै गरी हास्य कलकार दीपकराजले सो ल्याबका शुभारम्भ भएसँगै स्तरिय र विश्वनिय रक्त परिक्षबाट स्वस्थ रहन तथा उपचार गर्न सहयोग पुग्ने बताए । त्यसै गरी पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले यसअघि भट्टराईले सञ्चालन गरेको ल्याबबाट आप’mले सेवा लिइरहेको खुलाउँदै यो नयाँ अत्याधुनिक ल्याबबाट थप सेवा लिन सकिने बताए. ल्याबको शुभारम्भ समारोहलाई फिल्मी रुप दिँदै अर्का हास्य अभिनेता आरपी भट्टराईले एक्सन कट गरेका थिए ।

1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु