कला पंगेनीको तीज गीत ‘पापी घरैमा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७४, शुक्रबार

असार १६, काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व तीज आउन झण्डै २ महिना बाँकी रहँदा नेपालका गायक गायिका तथा मोडलहरु भने तीजका गीतमा व्यस्त भएको भेटिन्छन् । कोही धमाधम तीज गीत रेकर्ड गराइरहेका छन् त कोहि सुटिङमा व्यस्त रहेका छन् । पछिल्लो समयमा कलाकारहरुमा तीज गीत निकाल्नु रहर जस्तै भएको छ । रहरै रहलले तीजको वास्तवीक पहिचानमा मेटाउँदै गएको पाइन्छ ।

kala-pangeni-anjali- mahendra gautam

तर यो वर्षको तीजलाई मध्यनजर राखेर गायिका कला पंगेनीले मौलिकताले भरिएको तीजको कोशेली ‘पापी घरैमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतमा परदेशीएका श्रीमानले श्रीमतीलाई आफ्नो ज्यानको ख्याल गर्न, पटुकी कसेर बस्न र दुई-चार सालसम्म गाह्रो नमानि बस्न आग्रह गरेका छन् ।
गीतमा पुरुष स्वरमा खुमन अधिकारीले उनलाई साथ दिएका छन् । नरेन्द्र बस्नेतको शब्द रहेको उक्त गीतमा अञ्जली अधिकारी र महेन्द्र गौतमले कम्मर मर्काएका छन् । म्यूजिक भिडियोमा प्रविन थापाको निर्देशन रहेको छ भने शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा छायांकन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु