कला भए प्रवासमै बसेर पनि चर्चा बटुल्न सकिन्छ – परियार

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७२, सोमबार

कमल/कुमार । युएई


पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा प्रवासी नेपालीहरुको अधिक मात्रामा सहभागिता हुने गरेको छ । सांगीतिक क्षेत्रमा लगानी गर्ने र आफ्नो कला अनि गला प्रस्तुत गर्नेको ठुलै जमात देख्न सक्छौ हामी । आफ्नो गीत निकाल्ने सपना, अभिनय गर्ने सपना पुरा गर्न त कतिपय निरन्तर लाग्न सो क्षेत्रमा प्रवेश गरेका छन् । परदेशमा बस्ने क्रममा आफ्नो काम सकाएर बाँकी रहेको केही समय साङगीतिक क्षेत्रमा लगाउने धेरै छन । प्रवासमै बसेर आफुले कमाएको केही रकमबाट आफ्नो घर परिवार पाल्दै सांगीतिक क्षेत्रमा पैसा र समय खर्चने पनि धेरै छन । जसमध्ये एक हुन् कमल परियार ।
गुल्मी जिल्ला थोर्गामा जन्मिएका गायक कमल परियार अहिले वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा कार्यरत छन् । प्रवासको ब्यस्ततासँगै नेपालो लोक साङगीतिक क्षेत्रमा पनि उनको व्यस्तता बढ्न थालेको छ । बाल्यकालदेखि नै गायक बन्ने सपना बोकेका कमल दर्शक श्रोतामाझ आफ्नो स्वर र शब्द मार्फत परिचित छन् । गाउँघर, उकाली ओराली अनि बनपाखा, भञ्ज्याङ चौतारी जहाँ जाँदा पनि उनी लोकगीत गुनगुनाउने गर्दथे । स्कुले जीवनमा समेत थुप्रै कार्यक्रममा सहभागीता जनाइ प्रथम स्थान हासिल गरेर थुप्रै पुरस्कार प्राप्त गरिसका छन् कमलले । घरको आर्थिक समस्याले विदेशिनु परेको हुँदा सानैदेखिको गायक बन्ने सपना पूरा गर्न नपाएको बताउँछन् ।
दुबई आएपछि कमाउन लागेको र घर परिवारको समस्या पनि केही हदसम्म समाधान हुँदै गएकै कारण आफु सांगीतिक क्षेत्रमा लागेको कमलले बताए– ‘ आफुसँग भएको कला र् गलालाई उचित सदुपयोग गर्नुपर्छ भन्ने सोचले सांगीतिक क्षेत्रमा प्रवेश गरेको हुँ ।’
सांगीतिक क्षेत्रमा चर्चा कमाइसकेका होमनाथ कुँवर र दिपक विश्वकर्मासँगको भेटले पनि प्रवासमा रहेर यो क्षेत्रमा आउन महत्वपूर्ण भूमिका खेलेको बताउँछन । उनी थप्छन – ‘सायद वहाँहरुसँग भेट नभएको भए आज म यो क्षेत्रमा हुने थिइन होला । आज यो अवस्थासम्म आउन मलाई होमनाथ जी र दिपक जीको धेरै सहयोग रहेकोछ ।’

kamal pariyar
कमलले २०६९ सालमा ‘बाहिरी कुरा किन सुन्छ्यौ नि’ बोलको लोकदोहोरी बजारमा ल्याउन सफल भए । सोही गीतबाटै आफ्नो साङगीतिक यात्रा शुरु गरेका थिए कमलले । कमलले आफ्नो पहिलो एलबमबाटै राम्रो सफलता पाउन सफल भए र दर्शक श्रोताको साथ पाए । जस्को फलस्वरुप उनमा निकै उर्जा थपियो र निरन्तर यो क्षेत्रमा लाग्दै गए । उनले त्यसपछि युएईमा हुने विभिन्न किसिमका साङगीतिक कार्यक्रममा सहभागीता जनाउने अवसर प्राप्त गर्दै गए र आफुले सकेसम्म कार्यक्रममा प्रस्तुति पनि दिँदै गए । उनी भन्छन– ‘म आफु काममा ब्यस्त भए पनि सातामा हुने १ दिन बिदालाई लोक साङगीतिक क्षेत्रको निम्ती छुट्याउने गरेको छु ।’ सो समयमा कमल प्रवासमा रहेर सांगीतिक क्षेत्रमा लागेका र लाग्न चाहनेलाई भेट्ने गरेका छन् ।

कमलले युएईमा हुने गरेका विभिन्न किसिमका कार्यक्रममा आफ्ना प्रस्तुती देखाईसकेका छन् । प्रायजसो कार्यक्रम शुक्रबार हुने र सो दिन आफ्नो लगायत धेरैको बिदा हुने भएकोले पनि भेटघाट र् कार्यक्रमको लागि सहज भएको बताउँछन । गीत बजारमा ल्याउनुमा र सँगसगै लोक भाषा र संस्कृतिको जोगर्नामा पनि जुटिरहेको बताउँछन् । लोक गायक कमलले बाहिरी कुरा किन सुन्छ्यौ नि, हेर्दा हेर्दै छेक्यो डाँडैले, शंकै शंकै गर्छ्यौनी, भुकम्प सम्बन्धी गीत देशको आंशु र पछिल्लो समय बसेकोछु जीवनदेखी हारी जस्ता सफल गीतहरु बजारमा ल्याइसकेका छन् । उनको पाँचौ र पछिल्लो गीत बसेकोछु जीवनदेखी हारी केही समय अगाडि मात्रै बजारमा आएकोछ ।

सुपा देउराली म्युजिकले बजारमा ल्याएको उक्त एल्बम कमलसँगै प्रवासमै रहेकी र लोक दोहोरीमा आफ्नो भबिष्य बनाउने सपना देखेकी मुना सुनारको पनि संलग्नता रहेको छ । कमल परियार र पूर्णकला बिसीको स्वर रहेको उत्कृष्ट गीत बसेकोछु जीवनदेखी हारीको शब्द मुना सुनारले निर्माण गरेकी हुन् । जसको लय निर्माण गरेका छन दिपक विश्वकर्माले । गीतमा मुना सुनारले आफ्नो यथार्थ भोगाइलाई प्रस्तुत गरेकी छिन । उक्त गीतले पछिल्लो समय लोक साङगीतिक क्षेत्रमा राम्रो सफलता पाउन सफल भएकोछ । लोक पारखी दर्शक अनि श्रोताको मन मुटुमा बस्न सफल भएकोछ ।
गायक कमल भन्छन कला र गला भए जुनसुकै ठाउँ वा जुनसुकै समय र परिस्थितिमा भए पनि अघि बढ्न सकिन्छ र सोही अनुसार म पनि यो क्षेत्रमा लागि परीरहेको छु । उनी थप्छन ‘म आफु सक्दासम्म यो क्षेत्रमा लाग्नेछु र सधैं यो क्षेत्रको बिकासमा जुट्नेछु ।’ पछिल्लो समय बजारमा आएको बसेको छु जीवनदेखी हारी बोलको गीतले उनलाई अझै दर्शक र श्रोतामाझ चिनाउन सफल भएकोछ । अब छिट्टै नै नेपाली नारीहरुको महान पव तीजको अवसर पारी कमलले मरक मरक कम्मर भाँचु मायालु बोलको गीत बजारमा ल्याउँदैछन् । जसको भिडियो पनि युएईमै छायांकन गर्ने बताएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु