कलेज एम्बेसडर भए अभिनव र प्रेजिसा

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७२, बुधबार

कलेजमा अध्ययनरत विद्यार्थीहरुको क्षमता र व्यक्तित्व विकासका लागि ग्रीन आर्टस् प्रालिद्वारा राजधानीमा आयोजित द कलेज एम्बेसडर प्रतियोगितामा अभिनव घिमिरे र प्रेजिसा न्यौपानेले उपाधि जितेका छन् । उनीहरुलाई विजयी भएवापत महिन्द्राका सुरेश रायमाझीले महिन्द्राको मोटरबाइक र स्कुटर पुरस्कारस्वरुप प्रदान गरिएको थियो ।

१३ युवती र ११ पुरुष गरी कुल २४ जनाको यो प्रतियोगितामा अभिनेषक बस्नेत र सोरिया जोशी फोटोजेनिक, अदिती श्रेष्ठ मिस ट्यालेन्ट, सन्देश श्रेष्ठ मष्ट पपुलर, विवेक राज कुंवर मष्ट डिसिप्लेन, अन्जना महर्जन र स्वीकृति श्रेष्ठ ड्रेस, अन्जान महर्जन मष्ट प्रेन्डली चुनिएका छन् ।

1 (1)

मिस नेपाल अर्थ नगमा श्रेष्ठ, कोरियोग्रफार रोजिन शाक्य र विपीन गुरुङ, गायक निर्णय श्रेष्ठ, अभिनेता तथा आरजे रेमणदास श्रेष्ठ र विज्ञापन व्यवसायि मुना श्रेष्ठ निर्णायक रहेको प्रतियोगितामा निर्जला दाहाल बेष्ट पर्पmमेन्स, प्रनिशा बस्नेत वेष्ट स्माइल, सलिल श्रेष्ठ र वर्षा शाक्य वेष्ट पर्सनालिटी विधाको विजेता भएका थिए । अग्नि ग्रुपका लेखा प्रमूख दुर्गाप्रसाद आचार्य र समाजसेवी सिर्जना सिंह योञ्जनका आतिथ्यता तथा अनिला श्रेष्ठको कोयिोग्राफीमा सम्पन्न कार्यक्रममा विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो ।

IMG_0473

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु