“कल्पनाको संसार”को विमोचन

म्यूजिक खबर
प्रकाशित: २५ आश्विन २०७१, शनिबार

म्याग्दी । म्याग्दीका युवा साहित्यकार तथा संचारकर्मी बादल शाहिको दोस्रो गजल कृति कल्पनाको संसार शनिबार बेनीमा एक कार्यक्रमका वीच विमोचन गरिएको छ ।
म्याग्दीको चिमखोलामा जन्मीएका शाहिले २०७० मा मनका कुरा नामक गजल संग्रह प्रकाशन पश्चात दोस्रोपटक उक्त गजल कृति प्रकाशन गर्नुभएको हो । सुवास्ना साहित्यीक सदन म्याग्दीको आयोजनामा भएको कार्यक्रममा बोल्दै म्याग्दी साहित्यीक समाजका अध्यक्ष धुव्रलाल शर्माले–“म्याग्दीमा पछिल्लो समय साहित्यीक कार्यक्रमहरु सुस्ताउँदै गएको भन्ने आरोप मिथ्या भएको भन्दै साहित्यक कार्यक्रममा निरन्तर भइरहेको बताउनुभयो ।
“समस्या सूचनाको हो समयको हो नत्र भने म्याग्दीमा साहित्यीक कार्यक्रमहरु भैरहेका छन” उनले भन्नुभयो । कार्यक्रमा बाग्लुङका युवा साहित्यकार तथा संचारकर्मी ताराप्रसाद शर्मा, साहित्यकार भक्त कार्की, साहित्यकार गणनाथ पौडेल, पौलत्यस्य साहित्यीक समाज म्याग्दीका कोषाध्यक्ष मालति खत्रीले शाहीको गजल प्रकाशनले म्याग्दीको साहित्यमा इट्टा थप्ने कार्य भएको भन्दै रेडियो र पत्र पत्रिकामा मात्र गजलको चर्चा हुने गरेको बताउनुभयो ।
सुवास्ना साहित्यीक सदन म्याग्दीका अध्यक्ष शुसिल थकालीको अध्यक्षता, कोषाध्यक्ष सन्दीप खत्री(प्रविण)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यमक्रममा गजलकार शाहिले कृतिको बारेमा प्रकाश पार्दै देशमा भएको विकृति, विसंगति माथि आफूले गजल मार्फत प्रहार गरेको बताउनुभयो । म्याग्दी साहित्यीक समाज म्याग्दीका सचिव रामप्रसाद सुवेदीले कृति माथि समिक्षा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साहित्यकारहरले समेत आफ्नो रचना बाचन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु