कल्पनाले सम्झिइन् आमालाई

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७२, बुधबार

गीतकार कल्पना आङबुहाङ लिम्बूले आफ्नी आमालाई सम्झिएकी छन् । आफ्नी आमा सबैकी आमा हुन्, आमा धर्ती हुन्, आमा जननी हुन् । आमाको दूधको भारा कहिल्यै कसैले पनि पूरा गर्न सक्दैन । तिनै आमाप्रतिको सद्भावमा कल्पनाले आफ्ना शब्दहरु कोरेकी छिन् ।
गीतकार कल्पना भिसिडीसंग्रह ‘आमा–२’ हालै श्रोता÷दर्शकमाझ ल्याएकी छन् । संग्रहमा लोकआधुनिक शैलीका ८ वटा गीत छन् । संग्रहमा नरुनु आमा, तड्पिदै, अरुले नै, ताप्लेजुङ, विदेशिनु, शिरैमा मेरो, विनाशकारी भूकम्प र हाहामा दुङ बोलका गीत रहेका छन् । जसमा श्रेयसी चेमजोङ, रिमा गुरुङ, कुशल थलङ लिम्बू, राजेशपायल राई, जुना प्रसाईं, अशोक लोहरुङ राई, विक्रम लिम्बू र कल्पनाको आफ्नै स्वर रहेको छ भने राजकुमार बगर, अशोक लोहरुङ राई, खगेन्द्र कुमार लिम्बू, कुशल थलङ लिम्बूको संगीत रहेको छ ।

aama-2 kalpana
यी गीतहरुको म्युजिक भिडियोको निर्देशन लोकेन साँवाले गरेका हुन् । कल्पनाले यसअघि ‘आमा’ नामक एल्बम ल्याएकी थिइन् । एल्बममा संगृहीत गीतहरु सबै उनले आफ्ना आमाप्रति समर्पित गरेकी बताएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु