कल्याणकारी कोषमा तुला पर्वतको ५० हजार

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७३, मंगलवार

पौष २६, काठमाण्डौ । संगीतकार संघ नेपालको संगीतकार कल्याणकारी कोषमा गायक तथा संगीतकार तुला पर्वतको ५० हजार रुपैयाँ प्राप्त भएको छ । विदेशमा बस्दै आएका गायक तथा संगीतकार पर्वतले आफ्नी धर्मपत्नी पार्वती कुँवर, छोरी श्रीषा कुँवर र छोराको हातबाट संगीतकार संघलाई हस्तान्तरण गरेकी थिइन् । अनामनगरस्थित विनायो क्याफेमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीत कला पत्रकार संघका अध्यक्ष सुृमन बैरागीको हातमा हस्तान्तर गरिएको थियो ।

tula-composer-1
म्यूजिक संसार प्रालिको आयोजना तथा संगीत कला पत्रकार संघको संयोजनमा भएको उक्त कार्यक्रममा गायक तथा संगीतकार तुला पर्वतकी छोरी श्रीषा कुँवरले हल्का हल्का बोलको गीत गाएर सुनाएकी थिइन् । उनको गीतसँगै सुरु भएको उक्त कार्यक्रममा रकम हस्तान्तरण पछि बोल्दै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले तुला पर्वतको कार्यको प्रशंसा गर्दै संगीतकर्मीको हक हितका लागि गरिएको यो महान कार्य सबैले हातेमालो गर्दै कोष बृद्धिमा लाग्नुपर्ने बताएका थिए । अधिकारीले गायिका श्रीषाको स्वरको प्रशंसा गर्दै राम्रो स्वरका कारण स्थापित हुने लक्षण रहेको बताएका थिए । गायक तथा संगीतकार तुला पर्वतले विदेशी भूमिमा रहेर कमाएको पसिनाको मूल्यलाई संगीतकार कल्याणकारी कोषमा दिएर महान् कार्य गर्नुभएकोमा आभार प्रकट गरेका थिए ।

tula-composer
त्यसैगरी संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले कार्यक्रमलाई सम्बोधन गर्दै तुला पर्वतको अतुलनीय कार्यले आगामी दिनमा कसैले पनि अकालको मृत्यु रोज्न बाध्य हुनु नपर्ने बताएका थिए । शेषले तुला पर्वतले गरेको महान कार्यमा उहाँको परिवार नै लागेको हुँदा यो मनकारी परिवारप्रति सबैले सद्भाव व्यक्त गर्नुपर्ने बताएका थिए । आगामी दिनमा संगीत कला पत्रकार संघसँग मिलेर कल्याण्कारी कोष निर्माणलगायतका संगीतकारका कामहरु अगाडि बढाउने बताउँदै शेषले कल्याणकारी कोषमा सबैले हातेमालो गर्नुपर्ने बताएका थिए ।

tula-parbat-composer
संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले गायक तथा संगीतकार तुला पर्वतले गरेको पुण्य कार्यमा आभार प्रकट गर्दै विदेशमा गएर धेरैले कमाउँछन् स्वदेशमा आएर ऐश आराम र माटोमा लगानी गर्छन् तर तुला पर्वतले सम्पूर्ण संगीतकर्मीहरुको बचाउको लागि गरिएको महान् कार्यमा लगानी गर्नुभएकोमा मुरी मुरी धन्यवाद दिनुपर्ने बताएका थिए । कार्यक्रम म्यूजिक संसार प्रालिका अध्यक्ष लोकराज अधिकारीले संचालन गरेका थिए ।

तस्विरः रमेश संग्रौला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु