कविताको ‘कविता’ र ‘किरण कविता’

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार

१५ जेठ, काठमाडौं । गायिका कविता सिवाकोटी एकैसाथ दुई एल्बम लिएर श्रोता÷दर्शकमाझ आएकी छन् । कविताले एकल एल्बम ‘कविता’ र आफ्ना भाई किरण विमलीसँग संयुक्त रुपमा ‘किरण–कविता’ ल्याएकी हुन् ।
दुवै एल्बमको राजधानीमा एक कार्यक्रमबीच बरिष्ठ संगीतकार बुलु मुकारुङ र संगीतकार संघ नेपालका अध्यक्ष तथा प्राज्ञ शान्तिराम राईले एल्बमको सार्वजनिक गरेका छन् ।

एल्बम सार्वजनिक गरेपछि कार्यक्रमका प्रमुख अतिथि बुलु मुरुकाङले गायिका कविताको गायनको प्रसंशा गर्दै भने, ‘नामै कविता, अझ गायन कला र गला राम्रै राम्रो छ । कविताको गायनमा व्यवसायिकता छ ।’ त्यस्तै, संगीतकार संघका अध्यक्ष संगीकार शान्तिरामले पनि कविताको गायनमा दम्भ र रस भएको बताए । कार्यक्रममा कविता र किरणले एक–एक गाएका थिए ।
सात वर्षयता गायनमा सक्रिय कविताको यो पहिलो एल्बम हो । एल्बम ‘कविता’ सार्वजनिक गरेपछि उनले भनिन्, ‘गाउन त धेरै अघिबाट गाउँथे । तर, आज बल्ल एल्बमका रुपमा ल्याउँदैछु ।’ ‘किरण–कविता’ एल्बममा पहिले आफूले गाएका गीत तथा भाईका गीतहरु संग्रहित एल्बम भएको उनले सुनाइन् ।

 

सार्वजनिक एल्बम ‘कविता’ मा दर्के पानी, टालाटुली, चिरिबिरी चरी, गुणा गर मेरो माया, तिम्रो दिलको चारैतिर, सबैको नजर र मयुरको कल्की बोलका सात वटा गीत संग्रहित छन् । जसमा राजेशपायल राई, प्रमोद खरेल, किरण विमली र पुष्कर सुनुवारले कवितालाई स्वरमा साथ दिएका छन् । ‘कविता’ एल्बममा किरण के उप्रेतीको सोलो शब्दरचना रहेको छ ।
त्यस्तै, ‘किरण–कविता’ मा आठ गीत छन् । जसमा दुईदिने जीन्दगी, जाली रुमाल, उकालीको बाटो, अजम्बरी माया जस्ता गीतहरु रहेका छन् । कार्यक्रममा ‘कविता’ एल्बममा समावेश दुई र ‘किरण–कविता’ को एक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
सार्वजनिक तीन भिडियोमध्ये दुई भिडियोमा ‘भीमफेदी गाइज’लाई फिचरिङ गरिएको छ । गायक राजेशपायल राईसँगको युगल गीत ‘दर्के पानी’ मा पपछिल्लो समयकी चर्चित मोडल अलिशा राईसँगै भीमफेदी गाइजले अभिनय गरेका छन् । दुवै एल्बमको बजार व्यवस्थापन युथ क्रियशनले गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु