कविताको सांगीतिक सौभाग्य

म्यूजिक खबर
प्रकाशित: ९ कार्तिक २०७०, शनिबार

गीति एल्बम ‘सौभाग्य’मार्फत कविता तामाङ नेपाली सांगीतिक क्षेत्रमा गीतकारको रुपमा देखिएकी छन् । कविताले रामकृष्ण ढकाल, शिशिर योगी, अञ्जु पन्त, जुनु रिजाल, बेदु सारु मगर र मञ्जु उपासनाजस्ता चर्चित गायक÷गायिकालाई लिएर ‘सौभाग्य’ ल्याएकी छन् ।
स्कुल पढ्दौदेखि गीति लेखनमा आफूलाई खर्चिएकी कविताको ‘सौभाग्य’ पहिलो एल्बम हो । उनका अनुसार हालसम्म एक सयभन्दा बढी गीत लेखिसकेर पनि बल्ल एल्बम श्रोतासम्म पु¥याउन सफल भएकी छन् । यस एल्बमले गीति लेखनमाा सौभाग्य खुल्ने उनको विश्वास छ ।

kabita
नेपालको सुदूरपश्चिम महाकाली अञ्चलको कञ्चनपुरमा जन्मिएकी कविताले भनिन्, ‘अहिले अर्को एल्बमको तयारीमा जुटेकी छु । पुराना पुस्ता नारायण गोपाल, फत्तेमान, किरण प्रधान, प्रेमध्वज प्रधान, अरुणा लामा, तारादेवीदेखि लिएर नयाँ पुस्ता अञ्जु पन्त, रामकृष्ण ढकाल, सत्य–स्वरुप, राजेशपायल राई, उदय÷मनिला सोताङ, शिव परियार, साहिमा श्रेष्ठ, मल्लिका कार्कीजस्ता गायकगायिकाबाट प्रभावित कविताा भन्छिन्, ‘जीवनका लागि गीत संगीत अनिवार्य छ । गीत संगीत भनेको सुख र दुःखका लागि अचुक औषधि हो ।’ ‘सौभाग्य’ मा सन्तोष श्रेष्ठको एकल संगीत छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु