कसम तोड्नेलाई म केही भन्दिनँः सीमा

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७२, शुक्रबार

गीत संगीत होस् या चलचित्र यहाँ कतिबेला कसम खाइन्छ, कतिबेला तोडिन्छ भन्ने थाहा नै हुन्न । माया प्रेमको दुनियाँमा चोखो माया गर्नेहरु पनि थोरै भेटिन्छन् रे यहाँ । गायिका सीमा शाह पनि यो चपेटामा परेकी छिन् । उनी भन्छिन् कसम तोड्नेलाई म केही भन्दिनँ ।
गायिका सीमा शाह गायनको क्षेत्रमा खुड्किलो चढ्दै गरेकी गायिका हुन् । केही समय पहिला सीमा नामक गीतिसंग्रह बजारमा ल्याएपछि आफ्नो गायनकलालाई स्थापित गराउनेतर्फ उन्मुख भएकी छिन् उनी । आफूलाई गीतसंगीतमै समर्पित गर्छु भन्ने सोच लिएर आएकी हुँ, यो क्षेत्र मेरा गागि महत्वपूर्ण बन्दै गएको छ, उनले भनिन् ।

seema shah
यतिबेला सीमा–२ एल्बम बजारमा ल्याउन लागेकी गायिका शाहले ‘कसमै तोडि जानेलाई के भनुँ र खै, साँचो प्रिति नबुझ्नेलाई कसरी सम्झाउँ है’ बोलको गीत रिलिज गर्ने क्रममा छिन् । यस गीतको म्यूजिक भिडियोसमेत निर्माण गरेकी शाहले एल्बममा एकल स्वर दिएकी छिन् । मायाप्रेमभित्रकै मिलन बिछोडलाई समावेश गरिएको उनको एल्बममा रहेको कसमै तोडि जानेलाई गीतलाई विक्रम थापाले संगीत भरेका छन् भने समीर राईको शब्द रहेको छ । भिषण मानन्धरको म्यूजिक एरेन्ज रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई आरबी खत्री शरदले निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु