कसले चुम्ला १३ लाखको सुरशाला आइडल

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७२, सोमबार

सुरशाला संगीत फाउन्डेशनको आयोजना भएको १३ लाख राशिको ‘सुरशाला आइडल जुनियर’ कसले चुम्न सफल होला । नाकाबन्दीको मारमा परेर हुन नसकेको सुरशाला आइडल अब भने हुने भएको छ । राष्ट्रब्यापी रुपमा सञ्चालन हुन गइरहेको सुरशाला आइडल जुनियरको पहिलो अडिसन सम्पन्न भएको छ । ललितपुर मल्टिपल क्याम्पसमा भएको पहिलो अडिसनमा ७ देखि १५ बर्ष उमेर समुहका करिव २ सय जना बालबालिकाले भाग लिएका थिए ।

अडिसनको १३ लाख रुपयाँ पुरस्कार राशी रहेको सुरशाला आइडलको निर्णा गायिका लोचन भट्टराई, गायक रुपक डोटेल, भिम लिम्बु र आलोक शर्मालगायत रहेका छन् । बालबालिकाको प्रतिभालाई ध्यानमा राखेर आयोजना गरिएको यस आइडलले विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई नै लक्षित गरेको छ । आयोजक संस्थाका अध्यक्षसमेत रहेका गायक अमृत क्षेत्रीका अनुसार यस आइडलले बालबालिकाको प्रतिभाको उच्च मूल्यांकन गर्दै भोलिका दिनमा उनीहरुको सांगीतिक भविश्यलाई उर्जा दिलाउन यो कार्यक्रम आयोजना गरिएको हो । बालबालिकाका लागि संगीत शिक्षा र उनीहरु भित्र भएको गायन प्रतिभालाई देश विदेशसम्म पु¥याउने, गीत संगीतको माध्यमबाट एकता र शान्ति–सदभाव दिने उदेश्यले सुरशाला आइडल जुनियरको आयोजना गरिएको सुरशाला फाउन्डेशनका अध्यक्ष क्षेत्रीले बताए ।

surshala idol
कार्यक्रममा प्रथम हुनेलाई ३ लाख ५० हजार, दोश्रो हुनेलाई २ लाख ५० हजार, तेश्रो हुनेलाई १ लाख ६० हजार र टप टेन भित्र पर्नेलाई शुरशाला म्युजिक ऐकेडेमीमा छात्रवृत्ति पाउने गायक क्षेत्रीले म्यूजिकखबरलाई जानकारी गराए । सुरशालाले यस लगत्तै काठमाण्डौ, भक्तपुर,पोखरा धरान लगायतका शहरहरुमा अडिशन लिइ उत्कृष्ट प्रतियोगीहरु छानिने बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु