कसले पाउने भो राप्ती म्यूजिक अवार्ड ?

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७२, बुधबार

काठमाडौं । राप्ती म्यूजिक अवार्ड २०७१ का लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । उत्कृष्ट पाँचमा परेका स्रष्टाहरुमध्येबाट यही बैशाख १८ गते एक जना उत्कृष्ट बन्दैछन् । उत्कृष्ट पाँचमध्येबाट कसले अवार्ड चुम्ने होला भन्ने कुराले यतिखेर रापती अञ्चलका स्रष्टाहरुमा सरगर्मी बढेको छ ।
काठमाण्डौको राष्ट्रिय नाचघरमा आयोजना हुने राप्ती म्यूजिक अवार्ड (२०७१ का लागि उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विभिन्न २४ विधाका उत्कृष्ठ पाँच मनोनित श्रष्ठाहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गर्दै मनोनयन सार्वजनिक गरिएको हो । आयोजक संस्था रापती समाज काठमाण्डौका अध्यक्ष शशि शर्मा मजगैंयाको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख आतिथि बरिष्ठ संगितकार बुलु मुकारुङले आफनो मन्तव्य राख्दै समाजले श्रष्ठा सम्मान र प्रोत्साहनका लागि थालिएको उदाहरणीय कार्यलाई निरन्तरता दिईरहेकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा अवार्डको निर्णायक सदस्य समेत रहेही समाजकी संरक्षक, लोक गायिका कोमल ओलीले अत्यन्त मेहनत गरेर निर्णय गरिएको बताएकी थिइन् । त्यसैगरी राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान तथा संगीत रोयल्टि संकलन समाज नेपालका महासचिव रमेश विजिले कार्यक्रमका लगि शुभकामना दिएका थिए ।

santosh
कार्यक्रमको सञ्चालन समाजका महासचिव टिका भण्डारी र सदस्य पि.एन सापकोटाले गरेका थिए । कार्यक्रममा गायक कृष्ण रेउले जय देबकोटा,गायीका रिता के.सी र मेरी बास्सैका हाँस्य कलाकार भडभटे माईला लगायतकाले आफ्नो प्रस्तुति राखेका थिए ।

rita kc
मनोनित श्रष्टाहरुको नामावलि यसप्रकार रहेको छ ।

3

2

1

4

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु