कसले मार्ला बाजी ?

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७४, आईतवार

music-khabar-top5

काठमाडौं । गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउँदै स्रष्टाको सम्मान, सिर्जनाको सम्मान गर्दै गीतसंगीतको क्षेत्रलाई सम्बद्र्धन, प्रबद्र्धन गर्दै गीतसंगीतमा लाग्नेहरुका लागि उर्जा प्रदान गर्नका लागि आयोजना हुँदै आएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को छैटौं संस्करणको मनोनयन सार्वजनिक भएको छ । गत २०७३ बैशाखदेखि चैतसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ३४ विधाको सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल गीतको मनोनयन सार्वजनिक गरिएको हो ।

म्यूजिक खबरको आयोजनामा विगत ६ वर्षदेखि आयोजना हुँदै आइरहेको म्यूजिक खबर म्यूजिक अवार्डको छैटौं संस्करण अन्तर्गत राष्ट्रिय भावको गीतका लागि आफ्नै घर गीतबाट –महेश आचार्य, बिरामी छ देश आजबाट डा.नवि अधिकारी
म जहाँ गएनी गीतबाट दीपसागर थापा, हातका ठेलाबाट नृपध्वज खड्का र हाम्रो देश हामी नेपाली गीतबाट विदुर खड्का टप फाइभमा पर्न सफल भएका छन् । टप फाइभमा पर्न सफल भएका यिनै स्रष्टा मध्येबाट कुनै एक स्रष्टाले सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड उचाल्ने छन् ।

सांस्कृतिक संस्थानको सहआयोजनामा आगामी असार २९ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा कार्यक्रम सम्पन्न हुनेछ ।

१.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
क) आफ्नै घर          महेश आचार्य
ख) बिरामी छ देश आज        डा.नवि अधिकारी
ग) म जहाँ गएनी          दीपसागर थापा
घ) हातका ठेला              नृपध्वज खड्का
ङ) हाम्रो देश हामी नेपाली      विदुर खड्का

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु