कस्ती होलिन् गणेशकी आमा ?

म्यूजिक खबर
प्रकाशित: ७ असार २०७२, सोमबार

काठमाडौं ।  गीतकार गणेश चौलागाईको लय तथा शब्दमा रहेको यो मर्मस्पर्शी गीतमा शिशिर भुसालले स्वर दिएका छन् । यस गीतको प्रस्तुतकर्ता भने केदार सापकोटा (कुल्दीप) रहेका छन् । कपिल लामाको निर्देशनमा तयार पारिएको यस गीतको म्यूजिक भिडियोमा राजेश घिमिरेको छायाँकन रहेको छ । श्याम मल्लको मेकअप रहेको आमा गीतमा आमाको भूमिकामा रिका लावती, छोडिजाने छोराको भूमिकामा किरण रुपाखेती र काखको छोराको भूमिकामा विनोद खड्का रहेका छन् ।
विन्ध्यवासिनी म्यूजिकबाट बजारमा आउन लागेको गीतकार गणेश चौलागाईले बताएका छन् । गीतकार चौलागाई आफूलाई लोकदोहोरीको लेखनमा फरक पहिचान बनाउन अग्रसर देखिन्छन् । उनले सिर्जना गरेका गीतहरु विन्ध्यवासिनी म्यूजिकबाट धेरै बजारमा आइसकेका छन् । हाम्रो नाता टुट्यो के कारण, मेरै भरमा पर्छिन्, रेल भाडा तिरेको मैलेलगायतका धेरै गीतहरु विन्ध्यवासिनीबाट बजारमा आए र चर्चा पाउन पनि सफल भए । गीतकार चौलागाईंले गीत लेखनबाटै म्युजिक खबर म्यूजिक अवार्ड, रापती म्यूजिक अवार्डलगायत पुरस्कार र सम्मान पनि पाइसकेका छन् । गीतकार चौलागाईंको यो गीत आमा पनि वास्तविकता बोकेको कारण चर्चा पाउने र स्रोताले मन पराउनेमा आफू ढुक्क रहेको विन्ध्यवासिनीका संचालक सुवास रेग्मीले बताएका छन् ।

ganesh

गीत
आमा कुन शब्दले गरौ खै दबाई
सन्तान गुमाई रोएकी आमालाई

राम्रै मान्छे कालले मन पराउँछ
बाँच्नीलाई पो अप्ठेरो गराउँछ

खस्ने छैनन् यी आँसु भइँमा
पुछि दीनी मै छुनी काखैमा

आँसु हेरी बाँच्न कहाँ सक्छु र तिम्रो आँखामा
आफ्नै जीउ ज्यान गलाकी छौ आमा छोडी जानी छोराको पीरैमा अर्काे छोरो दुःखी छ हे आमा तिम्रो काखैमा ।

ganesh chaulagain (5) ganesh chaulagain (3) ganesh chaulagain (2) ganesh chaulagain (4) ganesh chaulagain (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु