‘कस्तो माया लाईयो’ भन्दै मनोज र अन्जुले गरे सहकार्य (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७३, सोमबार

anju pant_manojraj

फागुन १६, काठमाण्डौ । गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोज राजविच केहि बर्ष अगाडि डिभोर्स भयो । मिडियामा यी दुईको घरयासी लफडाका बिषयमा विभिन्न खबरहरु सार्वजनिक भए । पछि, यी दुइले अलग बस्ने निर्णय गरे । प्रेम विवाह गरेका यी दुइको अलग हुने निर्णयले धेरै संगीतप्रेमीहरुलाई चिन्तित बनायो ।

तर, समय सधै एकनाशको हुँदैन । मनोज र अन्जु फेरि एकसाथ देखिएका छन् । तर, यी दुइ पारिवारिक रुपमा एक भएका भने होइनन् । गायक मनोज राजले ‘कस्तो माया लाईयो’ बोलको गीतमा मनोज र अन्जुले स्वर दिएका छन् ।

गीतकार गोविन्द प्रसाद उपाध्यायको आग्रहमा मनोज र अन्जुले युगल गीत गाएका हुन् । भर्खरै सार्वजनिक भएको उक्त गीत सुन्दा आफ्नै जीवनगाथा गाएजस्तो भान हुन्छ । गीतकार उपाध्यायको ‘सत्यता–२’ नामक एल्बममा समावेश हुने उक्त गीतको रेकर्ड गर्नका लागि उनीहरु अलग अलग स्टुडियो पुगेका थिए ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु