कस्तो होला ‘अमेरिका ब्वाइज’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७४, सोमबार

५ चैत, काठमाडौं । चलचित्र अमेरिका बोइजको टिजर सार्वजनिक भएको छ । अर्पन थापा, सुनिल थापा, सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आसिश प्रसाई, श्रीस्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुबास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको अमेरिका बोईजलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । सीबड्र्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता समिर खरेल हुन् भने सहनिर्माताका रुपमा अनुप थापा यमुना खरेल र राज के.सी. रहेका छन् ।

चलचित्रमा कथा स्क्रीन प्ले र सम्बाद बिबेक पाण्डे, छायाङ्कन आलोक शुक्ला, सम्पादन निमेष श्रेष्ठको रहेको छ । चलचित्रमा दिपक आरजे र जयन जे वाईवाको रहेको छ । सम्राट बस्नेतको द्वन्द रहेको चलचित्रको कोरियोग्राफर सुनिल छेत्री र नेपाली ठिटोज हुन । चलचित्र जेठ १८ देखी अल नेपाल रिलिज हुँदैछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु